मानिसको
जीवनमा सायद भगवानले थुप्रै परिक्षा लिएका हुन्छन्, कर्म अनुसारको फल भने झै मानिसले
जस्तो कर्म गर्छ उसले उस्तै फल भोग्नु पर्छ । गरिबि हाम्रो समाजको ठूलो रोगको
रुपमा रहेको छ, आजको युगमा तपाई संग पैसा छैन भने तपाईको
आफन्त साथी कतैबाट सहयोग पाईन्न । यो वास्तविकतालाई केलाउदै एक गरिब जेहेन्दार
विद्यार्थीले एक गरिब परिवारमा जन्मेर संघर्ष गर्दै हुर्केको
वास्तविक कहानी सुनाउछु यो सत्यतामा आधारित छ........
कुनै गाउँको गरिब परिवारमा रामको जन्म भयो बुवा-आमाले विवाह गरेको
धेरै समयपछि भगवानको भाकल गरेर जन्मेकोले बुबा आमालाई यशोदाको घरमा
कृष्ण जन्मेको जस्तै खुशी भएका थिए ।
सानै उमेर देखि राम आध्यात्मीक भावनाको थियो, उसको घर नजिकै राम मन्दिर थियो सानो बेलामा हजुर आमासंग मन्दिर जान्थ्यो
समय बित्दै गयो ऊ बुझ्ने भएपछि आफै सधै बिहान नुवाई चोखो कपडा लगाएर दैनिक रुपमा
भगवानको पुजा गर्न मन्दिर जाने गर्थ्यो । मलाई एउटा कुरा सम्झदा अझै मन सिरिङ्ग
भएर आउछ, एकदिन दशैको बेला उसको घरमा पालेको खसिलाई घर नजिकै
छिमेकिको पसलमा काट्न लाग्दा, खुकुरी खोस्न गएको र रुदै पाप
लाग्छ नकाट्नुस भनेको सुन्दा अचम्म लाग्छ सायद त्यो समयमा उ ४ बर्षको थियो होला,
त्यो समयबाट उसले कहिल्यै मासु खाएन । सानैमा जेठो छोरोको
जिम्मेवारी वहन गरेको उ सानै उमेर देखि घरायासि कामकाज, खेतबारिको
कामकाजमा तल्लिन हुन्थो र फुर्सदको समयमा मात्र पढ्न पाउथ्यो । काम र पढाईको साथै
उसको घरमा बारम्बार आमाको बिरामीपनाले उ पढ्न सकेन, मनमा
अनेकौ तनावहरु लिएर हुर्कदै आएको थियो । बिहान एक डोको घाँस काटेर आएर हजुरआमाले
पकाएको खाना खाएर स्कुल जान्थ्यो ।
गाऊँको नजिकै रहेको स्कुलबाट उसले ५ कक्षा उतिर्ण गरेको थियो त्यस
पछि माध्यामिक तह अध्ययन गर्न डेढ घण्टाको बाटो पैदल जानु पर्थ्यो, बिहान
बेलुका घरको काम, घरमा आमा बिरामी स्याहार सुसार गर्न, भाई
बहिनिको हेरचाह गर्नु पर्ने कारण कति दिन विद्यालय नै जान पाएन र ऊ ६ कक्षामा फेल
भयो, उसलाई पढ्न ईच्छा मरेको थियो तर पनि भित्री मनले
पढ्नु पर्छ भन्ने सोच उसमा थियो, उसको घरमा आमा बिरामि भएर
अत्याधिक ऋणको बोझ परेको थियो धेरै झाक्रिले बोका खुकुरा खाए तर रोग जतिको त्यति
नै, केहि सिप नलागेर उसको आमा बुबा तराई गएका थिए । तराईमा
उसको बुबाको काकाको घर थियो, उपचार गरेर फर्किए पछि घरको
आर्थिक अभाव र गरिबिलाई देखेर रामको बुबाको काकाले एउटा सन्तानलाई पाल्ने र पढाउने
भने पछि राम खुब खुसि थियो जब राम आफ्नो घर छोडेर तराइमा जान्छ.... तराईको ठाउँ
प्रचण्ड गर्मी र साथी भाइको व्यावहारले ऊ दुखि हुन्छ, उसलाई
घरमा भएको बुढि हजुरआमाको याद र परिवारको दुख सम्झेर आत्तिन्छ त्यो समयमा सबैतिर
टेलिफनको सुरुवात भएको पनि हुदैन ऊ बाहाना बनाएर आफ्नै घर फर्कन्छ र परिवारसँगै
बसेर जस्तोसुकै दुख सहेर पनि पढ्ने सोच बनाउछ ।
मानिसले ज्ञान सिक्नको लागि ठक्कर खानै पर्छ, तराईको
गर्मी र आफ्नोको माया सम्झेर रामले घरमै वसेर संघर्ष गर्ने सोच अनुसार बढो मिहेनतका
साथ आफ्नो पढाईलाई अगाडि बढाउछ । भदौको समय विद्यालयको पढाई लगभग आदी भईसकेको थियो
उसले त्यो आदी समयमा पनि आफु प्रथम हुने सोचले मिहेनत गर्छ फल स्वरुप ऊ क्लासमा द्धितिय
हुन्छ , त्यस पछि उसको कौशलता र मिहेनतको गाउँ समाज र
विद्यालयमा प्रशंसा हुन थाल्छ, त्यो मिहेनतलाई उसले अझ सफल
बनाउदै लैजान्छ सात कक्षामा प्रथम हुदै जान्छ र रामले लगातार रुपमा राम्रो नम्बर
ल्याउदै एसएलसी प्रथम श्रेणीमा पास गर्छ ।
गाउँ समाजले उसको परिवार गरिब भनी बिल्ला गर्ने, हेप्ने
जस्ता कार्यले उसको मनमा ईष जमेको हुन्छ, आमालाई सन्चो नभए
पछि मासु खान छोडेको उसको परिवारलाई गाँउकाले अर्कै धर्म मान्ने भन्थे र कुल पुजा
र सामुहिक पुजामा पनि सामेल हुन नदिने, तिरस्कार गर्ने,
सबैको रिस पोख्ने भाँडो भएको थियो गरिब रामको परिवार ।।।
रामको एसएलसि को फारम भर्न लाग्ने १००० रुपैया नभएकोले आफन्तसंग
गुहार माग्न जाँदा करोडपति आफन्तले पनि सापटी नदिएर उसको बुबा दुखि भएर फर्केको
सुन्दा राम एकदम रोयो । पढाई मात्र राम्रो भएर के काम जुन पढाईलाई अगाडि बढाउन अनेकौ कठिनाई आउछ
भने सानै देखि बुझकि राम उसलाई आफु परिवारमा बोझ बनेर बस्न मन लागेन भाई
बहिनीहरुलाई पनि पठाउन पर्ने वाद्यता थियो, उसको रहर त विज्ञान
बिषय पढेर डाक्टर भन्ने सपना थियो "आकाशको फल आँखा तरि
मर" भने झै त्यो त आकासको फल भुईको गरिब ले कसरि पुरा
गर्न सक्छ र ? बिज्ञान नपाए पनि बरु ट्वाईलेट नै सोरेर भए
पनि पढ्छु भन्ने अठोट उसले लिएको थियो, संयोग बस उसको सोच
अनुसार नै एउटा व्यापारि डाक्टरको घरमा भाँडा माझ्ने र भात पकाउने भनेर उसको
मावलीको हजुरबुबाले पुर्याई दिए ।
रामले ठुलो सपना लिएको थियो सुरुमा त्यो घरबाट राम्रो सँग पढेर ठुलो
मान्छे बनेर जागिर खाने र गाँउका ति सामन्ति र अत्याचारीहरु प्रति बदला लिने सोच
गरेको थियो । तर समय उल्टो भई दियो सबैले छि-छि र दुर दुर गर्ने दर्दनाक काममा ऊ
फसेको थियो । त्यो घरमा सानो भन्दा सानो काम गरेता पनि उसले कामप्रतिको हीनताबोध कहिल्यहि
गरेन किनभने उसको उद्देश्य केवल पढ्नु नै थियो, अपरिचित व्यक्तिको घरमा बसेर
उनिहरुको मोजा पेन्टि पेटिकोट जस्ता कपडा धुने, चर्पी सफा गर्ने, जुत्ता पालिस गर्ने र अन्य घरायसी कामहरु भाँडा
माझ्ने, खाना पकाउने, कुचो लगाउने,
घरहरु पुछ्ने जस्ता कामहरु गर्दै आइरहेको थियो काम गर्ने क्रममा सानो गल्ति भयो
भने पनि मालिक र मालिकिनिहरुबाट ठुलो तिरस्कार र गालि खाई रहनु परेको थियो । जति सुकै
गालि र अपमान सहेर भएपनि उसको पढ्ने मृगतिष्णाको कारण ऊ काम र अपमान बाट बिचलित
भएन । नेपालकै सब भन्दा सस्तो रत्नराज्यलक्ष्मी क्यापसमा भर्ना गरिदिए, अरु केटाहरु चटक्क परेर आउथे ऊ भने चप्पल पड्काउदै धुलै धलो भएर जान्थ्यो
विस्तारै क्यामपसले ड्रेस अनिवार्य गरिदिए पछि आउट ड्रेसलाई निषेध गर्यो र एक दिन
बाहिर बाटै फर्कियो भोली पल्ट मालिकिनिले कपडा किनेर ल्याई दिईन, कस्तो कपडा थियो भने घुडामा च्यातिएको जिपर बिग्रिएको मैलो सायद कसैले
फालेको वा सेकेण्ड ह्याण्ड मार्केट बाट उठाएर ल्याएको हुनु पर्थ्यो, त्यो कपडा उसले पाएपछि पुजा कोठामा गएर पुर्पुरो भित्तामा बजार्दै यति
रोयो कि मैले भनेर सक्दिन....... अब क्याम्पस जान झन
लाज भयो कुम च्यातिएको सेतो सर्ट, घुँडामा च्यातिएर रफ
गरिएको कालो पाईन्ट, पुरानो छालाको जुत्ता लगाएर, आफन्त तथा साथि भेटिन्छन् कि भनेर लुक्दै दैनिक रुपमा डेढ घण्टा
काठमाण्डौको रोडमा हिडेर क्याम्पस ओहोर दोहोर गर्न बाध्य थियो ।
उसको मात्र हो कि अरुको घरेलु नोक्करहरुको जीवन सबैको त्यस्तै हो? मानवताको
पराकाष्ठानै नाध्ने स्वार्थी हुने रहेछन् धनिहरु...... दैनिक रुपमा खाने खानामा
पनि पक्षपात गर्ने , बासी सडे गलेको र फाल्न पर्ने अवस्था आए पछि
"हेरेर खान मिल्ने भए खाउ, नत्र फाल्देउ" मालिकिनिले भनेको त्यो शब्द उसको कानमा अझै गुन्जयमान छ । बिहानभर काम
गर्यो भाडाँ माझेर क्याम्पस गयो फर्केर आए पछि फेरि माडाँ माझ्यो सधै खाजामा फुको
चिउरा र कालो चिया मात्र हुन्थ्यो रामको लागि.. तै पनि मन भित्रको आंसुसँग भिजाएर
खान्थ्यो, हिड्ने क्रममा बाटोमा दुनोट बनाउने पसल थियो उसलाई
त्यो दुनोट किनेर खाने तिब्र ईच्छा थियो, एक
दिन बाटोमा १२ रुपैया भेटायो र १० रुपैयाको क्रिम दुनोट किनेर खायो र २ रुपैयाको
पेन्सिल किन्यो......दिन भर काम हुन्छ ९ बजे पछि घर धन्दा सकेर पढ्न बस्दा
"रातभरि बत्ती बालेर यसले बत्तिको पैसा बढी उठायो"
भनेर गाली गर्थे उसलाई । मालिकको घर निर्माणको क्रममा थियो सो समयमा
उसले धेरै दुख सहन परेको थियो । घर परिवारमा एक आर्कामा रिस उठ्दा रिस पोख्ने भाडो ऊ मात्र थियो र मानिस
सामाजिको सर्व श्रेष्ठ प्राणी हो तर पनि उसले मानवताको व्यावहार र दयाको अनुभूति
कहिल्यहि महशुस गर्न सकेन त्यो घर बाट..... ऊ सँगसँगै पढेका साथीहरुले गरेका
प्रगति र उपलब्धिहरुको आवाजहरु उसको कानमा
गुन्जिन्थ्यो तर उसले
के गरोस् बिचरा त्यो
घर छोडोस् भने उसको पढ्ने चाहाना माटोमा मिल्ने डर नछोडोस् भने घर परिवारमा झन
आर्थिक अभाव, बरु जस्तो सुकै दुख सहेर भए पनि उ त्यहि दुख
गर्ने मनस्थिति बनाउछ ।
उसले
पढ्ने क्रममा घरको सबैकाम सकेर मात्र क्याम्पस जान पाउँथ्यो, घरमा
पाहुना आएको बेलामा त झन् शोषकहरुले अपमान गर्थे, गालि गर्थे,
सानो सानो कुरामा पनि उसलाई टोकेसो गर्थे, बन्दै गरेको घरमा बाँसको टाँढमा चढेर पानी गारोमा हाल्नु पर्ने र दैनिक
ईमान्दारिताका साथ काम गर्दा पनि राती १० बजे डाक्टर आएर गाली गर्ने र फेरी पानी
हाल्न लगाउने गर्थ्यो, सोहि कारणले ऊ क्याम्पसको प्रमाणपत्र
तहको दि्तिय बर्षमा फेल भयो, यो कुरा मालिक्निलाई भनेपछि झन्
बढि गाली र अपमान सहन पर्यो " तँलाई रातभर पढ्ने समय त
थियो नि के गरेर बसेको थिईस?" यस्ता प्रश्नहरुले उसको
मन दुख्यो उ एकदम रोयो र मर्नको लागि विकल्पहरु खोज्न थाल्यो, फेरि परिवारको दुख र भाई बहिनीहरु प्रतिको उत्तरदायित्व सम्झियो र सिथिल
मुद्रामा रुदै संघर्ष गरिरयो, एक दिन पानी हाल्ने क्रममा राम
४ तला माथिबाट खसेर तलको टाँडमा समाउन सक्यो र बाँच्यो नत्र उसले मुक्ति पाउने
थियो ।
उसले यति दुख पायो कि उसको दुख डाक्टरको छिमेकी आफन्त, नातेदार
सबैले देखेका थिए र उनिहरु मानवता नभएका पापीहरु भनि एक आपसमा कुरा गरेको सुन्थ्यो,
उसले आँसु नझारेको दिन नै थिएन । उसको घरमा भाई बिरामी भएको र
बारम्बार कान पाक्ने समस्या थियो त्यो कुरा रामले डाक्टरलाई भन्यो त्यस पछि उसले
भाईलाई बोलाउन भन्यो, बोलाएको.... केहि वास्ता नै गरेन त्यसपछि उसले ऋण गरेर भाईलाई अर्कै
हस्पिटलमा लगेर उपचार गरायो पछि मात्र केहि समय डाक्टरको निजि हस्पिटलमा राख्यो,
त्यतिमात्र होईन आमाको हात बिरामी भएर जाँदा पनि निशुल्क हेर्नु
पर्छ कि भनेर भेटघाट हुन्छ र सहयोग गर्नु पर्छ भनेर पर
पर भागेको थिए मालिकहरु । जीवनका धेरै पिडा र अवरोधलाई छिचोल्दै २ बर्ष पछि उसले
वाध्य भएर अब घरको अवस्था पनि नाजुक भयो जागिरको आवश्यकता छ भनेर डाक्टरलाई भन्यो
। त्यसपछि डाक्टरको
सल्लाह अनुसार उसले मिहेनत र संघर्षका साथ जागिर खायो । धेरै समय पछि त्यो घरमा
गएको त त्याहाँ काम गर्ने कामदारलाई रामले भढ्काएको भनि ठुलो अपमान र तिरस्कार सहन
पर्यो । त्यस पछि चित्त दुखाएर राम त्यो घरमा कहिल्यहि गएन । रामले जुन ठाऊमा
जागिर खाएको छ त्याहाँ ईमान्दारिता पुर्वक काम गरिरहेको छ ।
समय गतिशील छ मान्छेले समयलाई बुझ्नुपर्छ समयमा सुख र खुसी के हो
भन्ने कुरा उसले अनुभव पाउन सकेन, जिवन बाल्यकाल देखि नै अभावमा हुर्केको हुनाले उसलाई
सुख दुख बराबर लागेको थियो । धेरै चोट र पिडाहरु संग संघर्ष गरेको हुनाले उ सानो
तिनो चोटमा आत्तिदैन, आफुले दुख सहेर भए पनि अरुलाई सुखि
देख्न खोज्ने उसको सोच छ, जागिरले केहि आर्थिक समस्या सावधान
गरेता पनि परिवारिक समस्या सुल्झाउन ऊ विकल्पको खोजिमा
रहेको छ । सबैले हेपेको
रामलाई सायद दैवले हेपेनन्, आज पनि सत्यमा छ आफ्नो मर्यादामा
बसेको छ । तर दुखि छ, उसले धुम्रपान, मध्यपानबाट
टाढा छ त्यस्तो मान्छेको साथी एकदम कम हुदो रहेछ ।
अपमान कसैको पनि गर्न हुन्न सबैलाई सम्मान गर्नु पर्छ । विनाकारण
कसैको मन दुखाउनु हुदैन । यो रामको कहानी कुनै कल्पना गरिएर बनाईएको होईन यसमा सबै
कुरा सत्य छ । हामीले यस बाट के कुरा बुझ्नु पर्छ भने समाजमा
यस्ता व्यावहार गर्ने दुष्ट व्यक्तिहरु प्रसस्त रुपमा रहेका हुन्छन त्यस्ता
व्यक्तिहरुको सबै कुरा सहने होईन समय अनुसार प्रतिकार समेत गर्न सिक्नु पर्छ । समय र सागर को लहरले कसैलाई
पर्खदो रहेनछ, उसलाई नि रहर थियो होला मिठो खाना खाने र
रमाईलो संग घुमफिर गर्ने तर समय र परिस्थिको कारण उसले यो सबै सेवा सुबिधा बाट
बन्चित भएको थियो । आजकालको किशोर किसोरीको जस्तो माया
प्रेमको अनुभव लिन सकेन । केवल आफ्नो परिवारको उन्नति र आफ्नो कर्तव्त पुरा गर्नको
लागि मात्र तल्लिन भयो । मानिसलाई भाग्यले डोर्याएको हुन्छ जागिर खाँदै पढ्दै गरेर
उसले डिग्रि पढ्दै छ । उसको एउटै ईच्छा केबल ज्ञान प्राप्ति हरेक क्षेत्रबाट
ज्ञानको खोजि गरिरहेको हुन्छ...........
