साना केटाकेटीहरु कुदेर, उफ्रेर, सामुहिक रुपमा मिल्ने, खेतबारीमा आमाबाबुसँग काम गरेर, परिवारसँग गफ गरेर, घुमघाम गरेर, रमाइलो गरेर बिताउनुपर्ने समयमा एउटा बन्द कोठा भित्र बसेर मोबाईलको स्क्रिनमा सीमित हुन पुगेका छन् । बालबालिका २ बर्ष पुगेका हुँदैनन् electronic gadgets नहेरी खाना पनि खाँदैनन्, घरमा जो सुकै पाहुना आउन चुकुल खोलेर बाहिर निस्कदैनन्, आफ्नो महत्वपूर्ण समय गेमिङ र negative knowledge तिर लगाई रहेका हुन्छन् यस्तो प्रविधिजन्य कुलतले उनिहरुलाई संवेदनशिलहीन, एकलकाँटे, आक्रामक र अनुत्पादक बनाइरहेको छ ।
आफ्नो बाबाआमाको मोबाइल नम्बर प्रयोग गरेर मोबाईल बैंकिङबाट टपअप गर्ने, फेक एकाउन्ट खोल्ने, त्यही एकाउन्टबाट साथीभाइहरूको ID hacked गरि पैसा माग्ने, pubg, freefire जस्ता गेमहरु किनबेच गर्ने, 1x bet जस्ता sites हरुमा सट्टेबाजी लगाउने, क्रिप्टो करेन्सीमा लगानी गर्न भन्दै ID Hacked गर्दै जाने जस्ता क्रियाकलापको कारण आफु त जेल गएका नै छन् साथै आमाबाबुलाई समेत जेल जान वाध्य गराएका छन् ।
"digital नसा लागुऔषध भन्दा कयौँ गुना भयानक हुन्छ"
अभिभावकहरुले आफ्ना बालबालिकालाई उनिहरुको माग बमोजिम ल्यापटप र मोबाईल किन्दिदैमा ढुक्क भएर नबस्नु …..के साँच्चै तिनिहरु पढि रहेका त छन्? आफ्ना बालबालिकाले कतै गलत गरिरहेका त छैनन्? तिनिहरुको गतिविधिमा निगरानी गर्ने, त्यस्ता ग्याजेटहरुको चेकजाँच गर्ने, अञ्जानमै अपराधको जोखिममा परेको बेला आफ्नो सुरक्षा कसरी गर्ने ? कुन निकायमा कसरी सम्पर्क गर्ने ? भन्ने कुराको समेत जानकारी गराउनु पर्दछ । यति मात्र नभएर विद्यालयस्तरको पाठ्यक्रममा नै साईबर सुरक्षा सम्बन्धी विषयवस्तु राखेर बालबालिकालाई अध्यापन गराउनु पर्ने नितान्त आवश्यक देखिन्छ।
"तपाईको मोबाईल नम्बर गलत ब्यक्तिको हातमा पुग्नु भनेको ७०% Information चुहावट हुनु हो"
केहि दिन अघि छिमेकमा वाईफाई चलेन भनेर मलाई बोलाउनु भएको थियो र म गएको थिएँ। मैले Router को configuration गरुन्जेल त्यो घरको १० बर्षको बाबुले वास्ता गरेन काम सकिएर निस्कने क्रममा उसले भन्यो हाम्रो नेट राम्रो चल्दैन विकास (अर्को कोठामा बस्ने छिमेकी) को नेट ह्याक गर्न सिकाई दिनुन अंकल…..म आश्चर्यचकित भएँ, आफ्नो घरको राउटर बनाउँदा वास्ता नगर्ने बच्चा छिमेकीको वाईफाई ह्याक गर्न त्यति धेरै चासो राख्छ …..
म तपाईलाई समाजमा घटेको एउटा यथार्थ परक घटना पस्कन जाँदैछु, पात्रहरु काल्पनिक हुन तर घटना हामी जो कोहीलाई पर्न सक्छ, आदरणिय अभिभावक, शिक्षक, विद्यार्थी भाईबहिनिहरु धेर्यतासाथ अध्ययन गरि समयमै सजक भई दिनहुन अपिल गर्दछु,
रस्मी १३ वर्षको भइन् , अहिले कक्षा सातमा अध्ययन गर्दैछिन् । उनका वुबा दुबईमा हुनुहुन्छ । आमा बैंकमा काम गर्नुहुन्छ । प्रायः उनि घरमा एक्लै नै हुने गर्छिन् । उनको घरको कोठा भाडामा समेत दिइएको छ, भाडामा अन्दाजी २१ वर्षकी संगिता नाम गरेको ब्याचलर पढ्दै गरेको एकजना महिला बस्थिन, स्कुलबाट घर फर्कदा आमा घरमा नहुने र एक्लै बस्नु पर्ने कारण उनी संगीताको कोठामा बेलाबेलामा जाने गरेकी थिइन्, आमाले पनि उमेरले नि जेठी पढाईमा पनि सपोर्ट हुने हुदाँ छोरीलाई संगिताको कोठामा जान रोकतोक गरेकि थिईनन् ।
एकदिन रस्मी स्कुलबाट आएर खाजा खाए पश्चात संगीताको कोठामा पुगेकी मात्र थिइन्, एकदमै आत्तिएर बाहिर निस्कन खोजिन् तर संगीताले उसको हात समातेर संगै भिडियो हेर्ने र रमाइलो गर्ने भन्दै उनलाई जबर्जस्ती कोठामा राखिन्, संगीताको बानी अश्लील भिडियोहरु हेर्ने, अश्लील chat च्याटहरु गर्ने रहेछ् । संगिताको त्यस्तो हर्कतले रस्मीलाई कोठामा बस्न एकदमै अफ्ठ्यारो महसुस भइरहेको थियो । यत्तिकैमा संगीताले सागर नाम गरेको एकजना २३/२४ बर्षको केटासँग गफ गर भनेर उसको facebook एकाउन्ट खोलिदिईन र सागरलाई समेत add गरीदिईन । बिस्तारै एक दिन दुई दिन हुँदै रस्मी र सागरबीच हल्का फुल्का कुराकानी हुँदै गए । २ महिना सम्म लगातार कुराकानी, माया प्रेम, हेरचाह आदि सागरले देखाउदै गयो उनिहरु बिच प्रत्यक्ष भेटघाट चाहीँ भएको थिएन । एकदिन दुबैजना म्यासेन्जरमा च्याट गर्ने क्रममा सागरले रस्मीको nude फोटो पठाउन आग्रह गर्यो… रस्मीले उसको आग्रहलाई इन्कार गरिन्, सागरले फोटोको लागी रस्मीलाई प्रलोभनमा पार्न विभिन्न गिफ्टहरु, कपडाहरू पठाईदिने, पैसा दिन्छु भनेर १/१ लाखको ३ ओटा विटो समेत म्यासेन्जरमा पठायो । उसको पटकपटकको आग्रहलाई रस्मीले वेवास्था गरिन् दुबैजना अफलाईन भए
, त्यो दिन त्यतिकै वित्यो भोलिपल्ट विहान सागरले मैले भनेको मानिनस् भने तलाई आज स्कुलमा एसिड छर्किदिन्छु भनेर धम्क्याउदै एसिडको बोटलको फोटो पठायो । रस्मीलाई एकदम डर लाग्यो त्यो दिन टाउको दुखेको निहुँमा उनि स्कुल गईनन् । दिउसो सागरले अर्को फोटो पठायो र म्यासेन्जरमा भन्यो मैले भनेको मानिनस् अब तेरो नाममा सुसाईट नोट लेखेर यो पेस्तोलले आफैलाई सुट गर्छु, रस्मी रुदै वसिन् म्यासेजको वास्ता गरिनन् एकछिन पछि सागरले फेरी व्लेडले हातको नसा काटेको र रगत बगेको भिडियो पठायो, त्यो देखेपछि रस्मीलाई दया पलायो र एक पटक फोटो पठाउदैमा के नै जान्छ? फोटो पठाएपछि म डिलेट गर्दिन्छु र उस्लाइ पनि व्लक गरि out of contact हुने सोचले सागरलाई पुरै necked फोटो पठाईन र आफूले हतार हतार डिलिट गरिन र सागरलाई पनि व्लक गरिदिईन….
"याद गर्नुस ईन्टरनेटमा तपाईले एक पटक पठाएको डाटाहरु कहिल्यै मेट्न सक्नुहुन्न "
भोली पल्ट रस्मीलाई फेक आईडि बाट म्यासेज आयो र भन्यो "म सागर हो, मलाई किन ब्लक गरेकी?" रस्मीले उक्त आईडिलाई पनि ब्लक गर्दिन, साँझ पख फेरी रस्मीकै नाम फोटो राखेर खोलेको फेक ID बाट म्यासेज आयो… त्यो म्यासेजमा भनेको थियो 'मैले भनेको मानिनस भने तलाई भाईरल गरिदिन्छु' भन्ने धम्की दिदै पहिला रस्मीले पठाएका nude फोटोहरु म्यासेन्जरमा पठाउन थाल्यो…….
रस्मी झस्याङ भईन र म्यासेजको रिप्लाई गर्न थालिन "त्यो फोटो डिलिट गर्देउ प्लिज" सागरले पनि तिम्ले अस्लिल भिडियो बनाई पठाएमा डिलिट गर्दिने नत्र बाबुलाई त्यो फोटो पठाईदिने, काण्ड ग्रुप बनाएर पोष्ट गरिदिने धम्की दियो.. रस्मीलाई धेरै तनाब भयो रातभर नसुतेर छोरी बारम्बार छट्पटाई रहेपछी आमाले उसलाइ सोधिन के भयो ?… पहिला त रस्मीले आनकानी गरिन पछि आमाले धेरै नै केरकार गरेपछि सबै कुरा भनिन् त्यसपछि आमा पनि छाँगाबाट खसे जस्तो भईन भोली पल्ट धर्यताका साथ उनि छोरीलाई लिएर नेपाल प्रहरी साईबर व्यूरो उजुरी दिन गईन । उनको उजुरीमाथी आवश्यक अनुसन्धान गरि IP Trace मार्फत सागर भन्ने अर्कै ओर्जिनल नाम भएको व्यक्तिलाई सम्मानित जिल्ला अदालत काठमाडौं मार्फत पुर्पक्षको लागि थुनामा राखियो ।
सामाजिक संजालमा चिनेको व्यक्तिलाई मात्र साथी बनाऔँ
Terms and condition of Social media…
"Make sure everyone feels safe. Bullying of any kind isn't allowed, and degrading comments about things like race, religion, culture, sexual orientation, gender or identity will not be tolerated. Give more than you take to this group. Self-promotion, spam and irrelevant links aren't allowed."



.jpeg)