मानिस किन जन्मन्छ? किन मर्छ ? के को लागि बाँचिरहेको छ? के सपना देखेर समाजमा संघर्षको लागि दौडिरहेको छ? सफलता प्राप्तिको लागि कर्म र लगन दुबैको आवश्यकता पर्दछ । मृत्यु पश्चातपनि नाम अमर रहोस र सबैले मान्ने ब्यक्ति बन्ने लालचा सबैमा हुन्छ । केहि गरौ भन्ने धारणा समाजमा मिलनसार र सहयोगि भई सबैको दुख सुखको सहारा बनेर आफ्नो नाम र ईमानलाई जोगाउने चाहाना सबैमा हुन्छ । सोहि चाहाना बोक्दा बोक्दै आफ्नो जिवन ढल्कदै गएको पत्तो हुँदो रहेनछ । सरकारको नुनपानी खाएपछी चाहेको समयमा सोचेको काम गर्न नसक्ने साथै समयमा सहि सल्लाह र मार्ग दर्शकको कमिको कारण आफ्नो जिवनलाई सफल तुल्याउन धेरै संघर्ष गर्दै आउन परेको छ । बिलासिताको जिवनलाई त्यागेर केहि ज्ञान सिकि सक्षम बन्ने चाहानाका साथ ईमानदारिता, सत्य, अनुशासन, मर्यादालाई सदैव साथमा लिई संघर्ष गर्दै आएको छु ।
हेर्दा हेर्दै उमेरले डाँडो काटेको पत्तै पाईएन, पृथ्वीमा जन्म लिएको पनि २७ औ बसन्त पुरा भएछ । वाल्यकाल छँदा जिद्दिपनाबाट मागेको कुरा पाईन्थ्यो तर अव कुनै कुरा मागेर पाईदो रहेनछ् , कठोर संघर्ष र मिहेनत आफु स्वम् ले गर्नु पर्दो रहेछ । टाढा रहेको सफलताको फल टिप्न ज्यानको बाजी लगाएर दौडिन पर्ने रहेछ । म आज जिवनको यो समयमा प्रवेश गर्दै छु, जसमा मेरो जिम्मेवारी, कर्तव्य र समाज सेवाको बाल्यकाल देखिको उदेश्यको सुरुवात गर्नु छ । आफ्नो ब्यक्तिगत र परिवारिक जिवनलाई नयाँ उचाई दिनु छ । समाजमा रहेका सबैको मुहारमा खुसिको बत्ती बलेको हेर्नुछ,असाहाय गरिव दुखिहरुको मुहारमा खुसि ल्याउने कोसिस गर्नुछ । जिवनमा आजको जन्मदिन मेरो लागि ईतिहास मै एकदम महत्वपूर्ण छ, त्यसैले म भगवान संग प्राथना गर्छु मेरो कारणले कसैको मन नदुखोस , सबैको मुहारमा खुसि देख्न पाईयोस। 👏👏
अन्त्यमा मलाई जन्मदिनको शुभकामना दिनु हुने आफन्त,परिवारजन, साथीभाई तथा सुभचिन्तकज्यूहरु संग बिनम्रताको साथ हार्दिक धन्यबाद व्यक्त गर्दै यहाँहरुको जिवन सदैव खुसि रहोस भन्ने कामना गर्दछु ।