नेपाल एक कृषि प्रधान मुलुक हो । यहाँ ८० प्रतिशत जनताहरु अझै पनि कृषिमा आधारित छन्, दिनरात काम गरेर आफ्नो
रगत र पसिना बगाई जिविको पार्जनमा लागेका गरिब निमुखा जनताहरु प्रसस्तै छन्,
तीनिहरुलाई मानव अधिकार महिला अधिकार आदिको बारेमा अनविज्ञ छन् । दुख गरेपछि उत्पाउन नहुँदा सम्म भगवान भरोषामा
आफ्नो बालि नालिलाई छोड्न बाध्य छन् । उनिहरुको
जिवन मेलापात घाँस सोतर र गोबर सोर्ने बस्तु चराउने आदि कार्य गरेर समय व्यतित
गरिरहेका हुन्छन । सहरका मानिसहरु गर्वका साथ पैसा
फालेर चामल उसिनेर खान सक्छन् तर हामी कतिपय सहरमा बस्नेहरुलाई चामल कसरि फल्छ
भन्ने कुरा नै थाहा हुँदैन, कामबाट गाँउका मान्छे कहिल्यै
डराउदैनन्न मेलापात घाँस दाउरा र सिजन अनुसारको बाली लगाउँदाको दुख शहरमा बसेर
रहरमा हुर्केकाले गर्न सक्दैनन् । बिहान डोको बोकेर घाँस काट्न हिडेकी साहिली एकै
पटक भारीको चुरि लगाएर बल्ल बल्ल डाँडाको खुड्किला चढ्दै सुस्केरा हाल्दै घर आई
पुगेकि हुन्छ, उसको शरिर पुरै पसिनाले भिजेको, सिथिल हुन्छ तर पनि उसको मुहारमा दुख देखिदैन हँसिलो मुहार हुन्छ ।
सहरमा जस्तो कक्रोज देख्दा कोठामै नपस्ने हुँदैन गाँउका
मानिसहरु किनकि उनिहरुले बारुला अरिङ्गाल, सर्प
आदिको टोकाईको महसुस गरिसकेका हुन्छन् । मानिस जतिबेला
खुसि हुन्छ जतिबेला उसले सोचेको अनुसार नै सफलता मिलेको हुन्छ किसानको जिवनको खुशि
भनेको नै लगानि गरे अनुसारको प्रतिफल हाँसिल गर्नु हो । आफ्नो सन्तानलाई जसरि माया
गरि हुर्काएको बालिनालिमा हुरिबतास, बाढि पहिरो असिनाले सखाप पारिदिदा कति मन दुख्छ भन्ने कुरा वास्तविक
किसानले मात्र अनुभव गरेको होला, समयमा पानी नपर्ने कहिल्य धैरै पानि पर्ने कारणले
किसानले मौसमलाई छलेर समयमै बालि लगाउन पर्ने बाध्यता छ । यति धेरै दुख गरेर
लगाएको बालीनालिबाट उत्पादन गरेको बस्तुहरु किसानले सस्तो मुल्यमा बेच्न परेको छ ।
यस्तो बिचौलिया वर्ग नेपालमा भाईरको रुपमा रहेका छन् । पछिल्लो समय बजारमा कृषि सामग्रीको मूल्य अकासिए पनि उत्पादन
गर्ने किसान भने बिचौलीयाका कारण मारमा पर्दै आएका छन् । बजारमा खरिद गरिने
सामग्रीको मूल्य बढ्दो क्रममा रहे पनि कृषकले उत्पादन गरेको कृषि सामानको मूल्य
भने निरन्तर घट्दो क्रममा छ । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलु, तरकारी, अदुवा र प्याजको मूल्य यतिबेला
न्यून छ । तर बजारमा भने चर्को मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।
कसले सुनिदिने किसानको आवाज ? संगठित शक्तिहरूको आवाज सबैले सुन्ने गर्छन् । तर, यी असंगठित गरिब किसान मौन भएर बाँच्न बाध्य छन् आज । सर्लाहीका किसान
पाँच रुपियाँ किलो गोलभेडा बेच्न बाध्य छन् । काठमाडौँमा पुग्दा यो गोलभेडा ५०
रुपियाँ हुन जान्छ । बीचको ४५ रुपियाँ कसले खान्छ ? गरिब
किसानको पसिनाको मोल पाँच रुपियाँ लगाउनेहरूले आज राक्षसको रूपधारण गरिसकेका छन् राजनीतिक
शक्ति पनि यिनीहरूसँगै नजिक छ । कसले छुने यिनीहरूलाई ? चप्पल
लगाएर काठमाडौँ उपत्यका छिरेका नेताहरू आज ठूल्ठूला महलमा बसेर बेलाबखत झुपडीमा
बस्ने किसानको विषय उठाएर आफूलाई पक्का समाजवादी प्रमाणित पछि पर्दैनन् ।
नेपाल जस्तो कृषिमा आधारित देशमा नेपाल सरकारले किसानको
हितकोलागि कुनैपनि राम्रो कार्यक्रम ल्याउन सक्दैन बरु उल्टै खेति नगर्ने किसानलाई जरिमाना तिराउने कार्यक्रम ल्याउछ ।
महगिले आकाश छोएको समयमा सिमित उत्पादकत्व र बढ्दो महगिले किसानले उत्पादित मुल्य
भन्दा १५०% बढि लगानि गर्नु पर्ने अवस्था आएको छ । सञ्चारका
लागि पनि गरिब किसान मुख्य विषय बन्न सकेन । सामाजिक सन्जालमा पनि यो चर्चाको विषय
बन्न सकेको छैन । कृषि क्षेत्रमा धेरै कुशल जनशक्ति छन् तिनिहरुको सदुपयोग भएको
छैन, सरकारले रकम पनि धेरै विनियोजन गरिन्छ, त्यो रकम पहुँचवाला र कार्यकर्ताको
भागमा मात्र जान्छ । अन्नदाताहरू भोको पेट सुत्न बाध्य छन् । खेतमा बीउको अभाव छ ।
यस पाली असार महिनामा खेतबारीमा हाल्ने मलको अभाव निकै भयो, यस्तो कुरामा सरकारको
ध्यान जानु पर्दैन? सरकार भनिरहेको छ-नेपालीको
प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर हुने । तर किसानलाई केन्द्रित गरेर कुनै
कार्यक्रम आएको हुँदैन ।


Well said bro
ReplyDeleteThank you sir
Delete