हिजो साँझ मेरो छिमेकी काका हतारिँदै मेरो
कोठामा आइपुग्नुभयो । उहाँको अनुहार रातोपिरो थियो, अतालिँदै भन्नुभयो “बाबु, म त बर्बाद भएँ । मेरो खाताबाट पैसा आफैं काटेको म्यासेज आइरहेको छ”,
काकाले मोबाइल देखाउनु भयो, उहाँको
Connect IPS मार्फत पैसा Debit भएको भनी लगातार
म्यासेज आइरहेको थियो उहाँको खाताबाट ३ पटकमा सात लाख भन्दा बढि रकम निस्किसकेको
थियो ।
...........................................................................................................
मैले
काकालाई सोधेँ, “तपाईंले कसैलाई
OTP कोड वा Connect IPS को पासवर्ड दिनु भएको
थियो?” उहाँले भन्नुभयो, “मैले कसैलाई
केही पनि दिएको छैन बाबु”, मलाई शङ्का लाग्यो अनि मैले
काकाको मोबाइल र फेसबुक म्यासेन्जर हेर्न थालेँ । अघिल्लो दिनको “Business
Tech Nepal” नामक फेसबुक पेजबाट भएको कुराकानी हेर्न थाले सो पेजमा
काकालाई सियर मार्केटको कारोबार सहज गराइदिने AI प्रविधि
भन्दै उहाँलाई Laptop मा एउटा एप डाउनलोड गर्न लगाएको रहेछ
सो एप इन्स्टल गर्दा System Modification, Full Access आदि
Permission पनि दिन लगाएको उसले भने बमोजिम गरेर Screenshot समेत पठाउनु भएको रहेछ । मैले सो पेजको Profile गएर
सर्च गर्दा सो पेजमा एउटा Boost गरेको add थियो जहाँ लेखेको थियो । “के तपाईं सेयर कारोबारलाई AI प्रविधिबाट सजिलो बनाउन चाहनुहुन्छ? अब हामी तपाईंका
मद्दत गर्छौ!”
जहाँ
एउटा लिङ्क पनि दिएको थियो । मैले
काकाको ल्यापटपमा चेक गर्दा त्यहाँ कुनैपनि App
Install भएको देखिएन मलाई आश्चर्य लाग्यो!! अनि उहाँको
Browser चेक गरेँ जहाँ फेसबुक, Connect IPS र
इमेल Login भइरहेको र पासवर्डहरू ब्राउजरमा समेत सेभ गरिएको
देखियो । मैले काकालाई सोधे “काका तपाईंले यो एप Install गरेपछि
के के गर्नु भयो त?” उहाँले जवाफ दिनु भयो “मैले
Install गर्दा उसले जे भन्यो
त्यही गरेँ, एप इन्स्टल गरेपछि ल्यापटप
एकदमै स्लो भयो, दुई तीन थरी एपहरू आफैं डाउनलोड हुन थाले ।
अनि मैले बेवास्ता गरेर ल्यापटप बन्द गरेँ” ।
अब
कुरो प्रस्ट भयो त्यो एप भाइरसयुक्त र फिसिङ एप थियो जसले काकाको सम्पूर्ण
डाटा
- Connect IPS को Login
Detail,
- बैंक खाता पासवर्ड,
- इमेलको OTP कोड,
- सेभ गरिएका ब्राउजर पासवर्ड साइबर अपराधिको हातमा परिसकेको
थियो ।
चोरलाई
घरको चाबी सुम्पिए झैँ
काकाले सो ह्याकरलाई आफ्नै खाताको चाबी दिनुभएछ र उसले काकाकै ल्यापटप प्रयोग गरेर Connect IPS मा लगइन गरी बैंक खाताबाट अनाधिकृत
रुपमा रकम अन्य खातामा रकमान्तरण गर्यो । काका पात्र काल्पनिक भएतापनि हाल हाम्रो देशमा यस्ता किसिमको
अपराधहरू पनि बढ्दै गएको देखिन्छ । केही समय अगाडि सोही पेजले Digital Solution Nepal नामको फेक पेज खोलेर
पनि त्यस्तै लिङ्क पठाई बैङ्क खाता ह्याक गरेको थियो । हाल यो पेजको नाम परिवर्तन
गरेर Business Tech Nepal नाम राखेर ठगी धन्दा चलाइरहेको छ ।
यो पेज बाहेक “Nepse Meet AI” भन्ने
पेजले समेत सोही प्रकृतिको गतिविधि गरी ठगी गर्ने गरेको भन्ने बुझिएको छ । हाल
सम्म नेपाल स्टक एक्सचेन्ज (NEPSE) वा CDSC ले कुनै पनि AI एपलाई आधिकारिक रूपमा अनुमति दिएको
छैन, जसले तपाईँको खाताबाट कारोबार गर्न सक्छ । यस्ता नक्कली
पेजमार्फत तपाईं हाम्रो डिभाईसहरू समेत ह्याक गरी आफुले मिहेनत गरेर कमाएको सम्पती
क्षणभरमै समाप्त हुन पनि सक्छ ।
सावधानीका लागि के गर्ने?
✅ सुरक्षित रहने उपायहरू:
- कुनै पनि अन्जान लिंक
नखोल्नुहोस्,
- एप इन्स्टल गर्दा अनुमति (permissions) ध्यान दिएर मात्र दिनुहोस्,
- ब्राउजरमा पासवर्ड सेभ नगर्नुहोस्,
- जहाँ पायो त्यहाँको Wifi प्रयोग गरी मोबाईल बैंकिङ्ग Login
नगर्नुहोस् ।
- इमेल र बैंक खातामा 2FA (Two-Factor Authentication) अनिवार्य
गर्नुहोस्,
- OTP सुरक्षीत
राख्नुहोस् कसैसंग सियर नगर्नुहोस् ।
- सकभर Connect IPS को एप्लिकेशनबाट मात्र कारोबार
गर्नुहोस्, Browser बाट गर्दा पासवर्ड सेभ नगर्नुहोस् ।
✅ यदि ठगीमा परियो भने:
- तुरुन्त Connect IPS र बैंकमा सम्पर्क गरेर खाता
ब्लक गराउनुहोस्,
- तपाईको खाताबाट अन्यत्र खातामा
रकम गएको अवस्थामा समेत सो खाताहरूलाई केहि दिनको लागि रोक्का गर्न सकिन्छ ।
- नेपाल प्रहरी साइबर ब्युरो वा
नजिकको प्रहरी कार्यालयमा गरी उजुरी दिनुहोस्,
निष्कर्ष
थोरै
लोभ र जनचेतनाको कमीले ठूलो क्षति निम्त्याउँछ । काकाले जस्तो पीडा अरूले भोग्न
नपरोस् भन्नका लागि सावधानी नै सुरक्षा हो भन्ने आत्मसात् गर्नु आवश्यक छ ।