त्यसै
क्रममा, ठगहरूले ईसेवाको
नक्कली लोगो र नाम राखेर बनाएको WhatsApp खाता मार्फत म्यासेज पठाउँछन् । “Hello Sir , हजुरले प्राप्त गर्नुभएको बोनस हजुरको खातामा जम्मा गर्नका लागि म हजुरलाई
भिडियो कल गर्छु । मैले भने अनुसार गर्नुस्” भन्दै स्क्रिन
सेयर गर्न लगाइन्छ । यसरी, ठगहरूले पीडितलाई स्क्रिन सेयरिङ गर्दा देखिने OTP र प्रोसेसको निगरानी गरी खल्ती वा ईसेवा वालेटमा
मोबाइल बैंकिङ्ग
लिङ्क गर्न बाध्य पार्छन् । त्यसपछि, उनीहरूले
ती वालेटमा
पहुँच पुर्याएर अन्य बैंक
र वालेटहरूमा
रकम स्थानान्तरण गर्न थाल्छन् । ती रकम गएका खाताहरू पनि सोही किसिमले ह्याक
गरिएका वा फेक बनाइएको खाताहरू हुन्छन् । मानिसले थोरै बोनसको लोभमा जसले जे भन्छ सोहि
कुरामा विश्वास गर्नाले जीवनभरको मिहिनेतले जम्मा गरेको
रकम क्षणभरमै गुमाउन बाध्य हुन्छन् । त्यस्ता ठगीका रकमहरू बाइनान्स, क्रिप्टोकरेन्सी
र हुन्डी जस्ता नेपालमा गैरकानुनी रहेको कारोबारमा प्रयोग हुने गरेको देखिन्छ ।
ABC---“Always
be Careful”
यस्ता ठगीबाट
बच्ने उपायहरू
हामीलाई
थाहा छ कि कुनै पनि बैंक
वा वालेटका
कर्मचारीले सिधै मोबाइलमा फोन गरेर व्यक्तिगत रुपमा बोनस
परेको जानकारी दिदैनन्, यदि कुनै बोनस प्राप्त
हुन्छ भने पनि उक्त रकम हाम्रो खातामा स्वतः जम्मा
हुन्छ तर हामीभित्र भएको लोभ र मानसिक अस्थिरताका कारण
कुनै समयमा आफ्नो संयम गुमाउन पुग्दा ठगीको सिकार बन्न सक्छौं । डिजिटल दुनियाँमा
अपराधको दायरा एक देश वा स्थानमा मात्र सीमित हुँदैन, अपराधीहरूले विश्वको जुनसुकै कुनाबाट अपराध गर्न सक्छन् । समाजमा हुने
यस्ता किसिमका अपराधलाई नियन्त्रण गर्न र अपराध भईसकेको अवस्थामा अनुसन्धान गर्ने
निकायलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो, सबै सेवा
प्रदायकले आफ्नो जिम्मेवारी सही तवरले
निभाउन सकेमा अपराधीहरूले अवसर नपाउन सक्छन्
र समाजमा केही हद सम्म भएतापनि
शान्ती सुरक्षा दिलाउने कार्यमा सहयोग पुग्न सक्छ ।
किन भइरहेका
छन् त? बेलाबेलामा नयाँ नयाँ प्रकारका
अनलाईन ठगी?
1.
जनचेतनाको कमी
वित्तिय
साक्षरताको कमी, के गर्न हुने? र के नहुने? भन्ने जानकारी नहुनु, छोटो समयमा अरु भन्दा छिटो धनि बन्ने सपना देख्नु, मनमा
भएको लोभ लालच र अनलाइन मार्फत कसैको कुरामा झट्ट विश्वास गर्ने प्रवृतिले पनि
यस्ता घटना निम्त्याउँछ ।
2. सिमकार्ड वितरणमा भएका कमजोरीहरू:-
सिमकार्ड वितरण गर्दा नागरिकताको फोटोकपीका भरमा मात्र सिम दिने, कतिपय KYC फारममा त ठेगाना र पारिवारिक विवरण समेत नराख्ने, यहाँसम्म कि मृत्यु भइसकेका व्यक्तिको नाममा समेत सिमकार्ड जारी गर्ने, साथै एउटै व्यक्तिको नाममा धरै वटा सिमकार्ड जारी गर्ने कार्यले अपराधिलाई सहयोग पुग्ने र अपराध अनुसन्धानमा समेत कठिनाई हुन्छ ।
3.
बैंक
र वालेटको कमजोरी
बैंक तथा वालेटले
पनि नागरिकताको फोटोकपी र फोटोको भरमा मात्रै खाता खोल्ने गरेका बेला बेलामा सुन्न
र देख्न पाईछ । केही समयअघि, विदेशमा
रोजगारका लागि पठाउने एजेन्टमार्फत आफ्नो नागरिकताको फोटो र ४ प्रति पासपोर्ट साइज
फोटो दिएको व्यक्तिको नाममा विदेश गएपछि दुई महिना नबित्दै २ वटा बैंक
खाता खोली सो खाताहरूबाट लाखौं रकम ठगी गरेको घटना हामिले सुनेका छौं । यस्तै, वालेटहरूमा
पनि जो सुकैको नागरिकताको फोटो र मोबाइल नम्बर भए मात्र खाता खोल्न सकिने भएकाले
अपराधीलाई त्यस्ता खाता मार्फत ठगी गर्न सहज अवसर मिलेको देखिन्छ ।
4.
घटना भइहालेमा
अनुसन्धानमा लामो समय लाग्नेः
सबै
प्रकारका अनलाइन ठगीका घटनाहरूमा IP Address बाट मात्रै पनि अपराधी पत्ता लगाउन सकिन्छ भन्ने हुँदैन, उनीहरूले VPN, DNS जस्ता प्रविधिको प्रयोग गर्ने
गर्छन् जसलाई Trace गर्न कठिन हुन्छ । Facebook,
WhatsApp, Telegram, Instagram, Tiktok, Viber र Google जस्ता सामाजिक सञ्जालहरूको सम्पर्क कार्यालय नेपालमा नभएकोले
प्रयोगकर्ताका विवरण समयै उपलब्ध नहुँने कारण अनुसन्धानमा समेत थप चूनौती थपिएको छ
।
यस्ता विविध कारणले गर्दा अनलाइन ठगीका
घटनाहरूलाई पुर्ण रुपमा नियन्त्रण गर्न र अनुसन्धान गर्न समेत कठिनाई सिर्जेना
भएको छ । यसका लागी जनचेतना मूलक कार्यक्रमहरू गर्न, नेपालमा प्रयोग हुने ईन्टरनेटलाई सुरक्षित बनाउन, एउटै
व्यक्तिको नाममा धेरै सिमकार्ड र खाता खोल्न नपाउने व्यवस्था गर्न, Center
KYC लागु गर्न, Wallet हरूले पनि
सिमकार्डवालाको यकिन गरेर खाता सञ्चालन गर्न सकेमा केही हद सम्म यस्ता अपराधहरूमा
कमी ल्याउन सकिन्छ ।
"Sharing is not always caring"

