त्यो पो दशै................



दशै कस्तो हुनुपर्छ भनेर सोध्नेलाई म भन्छु... बच्चा बेलामा नयाँ लुगाको खल्तिमा चिउरा हालेर घरको निदालमा बुवा आमाले हाल्दिएको नाम्लोको बरियोको पिङ खेल्दाको मजा नै बास्तविक दशै हो......

बच्चाको बेलाको दशै बास्तविक रुपमा एकदम रमाईलो हुन्थ्यो, न कमाउने पिडा न कुनै तनाव बाल्यकालको जिवन बास्तवमा एकदमै सुन्दर हुन्थ्यो । अलिकत टेन्सन सर मिस हरुले दशै तिहार होमवर्क भनेर दिनुहुन्थ्यो । दशै भरि खायो, खेल्यो बसिन्छ जब स्कुलको बिदा पछिको सुरुको दिन सर मिसले होमवर्क सोध्दा कि त कापी हराएको बहाना बनायो कि, ल्याउन बिर्सिछु भन्यो, सर मिसले कानको जरिबुटा उखेल्ने हुन कि एकछिन कुखुरा बनाएर राख्ने हुन? अलिकत तनाव त्यसकै हुन्थ्यो नत्र बुबाले पिडिंको माथि काठको निदालमा नाम्लोको बरियोको पिङ खेल्दै खल्ति भरि चिउरा हालेर चपाउदै खेल्दाको मजा सायद फर्केर आउदैन होला, बिहान भए पछि ठुला मान्छेले पिङ खेल्न पालो दिदैनन् भनेर ५ बजे नै उठेर पिङ खेल्न गएको सम्झना याद बनेर बसिरहन्छ । अझ पिङ खेल्न टाढा टाढा सम्म साथिभाई मिलेर गईन्थ्यो वास्तवमै खुब रमाईलो थियो त्यो जिवन, बुबाले कपडा किनेर ल्याई दिनु हुन्थ्यो, सायद बर्षमा नयाँ लुगा फेर्ने समय दशै नै हुन्थ्यो । घरमा मिठा मिठा परिकारहरु पाक्थ्यो तर चिउरा हत्तपत्त खान नपाईने र दशैमा मात्र कुट्ने हुँदा फुको चिउरा खल्तिमा हालेर कुद्दै खादै गर्दाको मजा छुट्टै हुन्थ्यो । डाँडामा गएर चंगा उडाउने र चंगा काट्ने प्रतिष्प्रधा हुन्थ्यो । दिनभर खेल्ने र रमाईलो गर्दै बाबु आमाको लाडमा हुर्किदै आएपछि पारिवारिक समस्या र अभावहरुबाट परिचित हुँदै गईयो र मन भित्रका रहरहरुलाई थाती राखि जिवन चलाउदै आईयो ।

यो साल खसि बिनाको दशै मनाउदा कसो होला?
सानै बेला देखि मलाई हत्या र बली मन नपर्ने, आज पनि सम्झन्छु मेरो मुनी (घरमा पालेको खसी) को टाउको जमराको साईडमा राखेको र आँखा टुलटुल हेरेको, पहेंलो जमराको बिचमा आखाँ टुलुटुलु हेरेको मुनीलाई सम्झीदा अझै पनि मन सिरिङ्ग हुन्छ । मलाई दशैको काटमार देखि एकदमै दुख लाग्छ, माछा मासुबाट म आज सम्म टाढा नै रहेको छु। हामी एक श्रेष्ठ प्राणीले त्यो निर्दोश अबुझ प्राणीको हत्या कसरि देख्न सक्छौ र ? म यो समाजमा बोलें भने म एक्लो पर्छु किनकी समाजमा मांसहारीको बाहुल्यता छ । सबैले आफ्नो मनको आत्माको चाहानालाई बुझ्नु पर्छ, मासु खानेलाई कदापि घृणा गर्न हुन्न किनकी उसको अन्तरआत्माको चाहाना त्यहि छ। स्वास्थ र वैज्ञानिक हिसाबले मानिसको शरिरको लागि मासु अति आवश्यक हुन्छ तर मेरो आत्मा र मनले स्वीकार गर्न सकेन र म त्यसबाट टाढै छु । मलाई दुख यो कुरामा छ कि भगवानको नाममा उसकै लाटो (बोल्न नसक्ने) संतानलाई काट्नु त ठिक हैन की ? हर्षोउल्लासका साथ मनाउने पर्वमा रगतको खोलो बगाएर दैलो रंगाउनु उचित होईन कि? दशै पर्वमा अन्य मिष्ठान्न परिकारहरु बनाएर सबै परिवार जम्मा भएर पनि त मनाउन सकिन्छ होला नि? यो मेरो बिचार मात्र हो, तपाईहरुको यसमा फ॒रक मत हुन पनि सक्छ ।

घरमा चरम आर्थिक अभाव र गरिबीसंग जुझ्दै अरुको घरमा मेलापात गरेर भए पनि चाढबाढमा मिठो मसिनो खाने सबैको चहाना हुन्छ । अरुको देखासिखि र पछौटेपनले हाम्रो समाजमा धेरै बिकृतिहरु सिर्जना भएका छन्। दशैमा खसि काट्नै पर्ने, रक्सि खानै पर्ने, जुवातास खेल्नै पर्ने भन्ने कुरा मानव निर्मित संकारहरु हुन यस्ता कार्य गर्दा हामीले पछिको समयलाई सोच्न सकेको खण्डमा पक्कै पनि राम्रै हुन्छ होला । फलानोले ३० किलेको खसि ढाल्यो म ४० किलोको ढाल्छु भन्ने सोच होईन मेरो परिवारमा कति छन् आफ्नो हैसियत के छ सोहि अनुसारको सिको गर्दा उचित हुन्छ की ?

अन्त्यमा यो दशै २०७६ लाई बास्तबिक दसैको रुपमा मनाउ ।तपाईहरु सबैलाई विजया दशमी २०७६ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Post a Comment

Previous Post Next Post