बुहारी................



जसले आमाबुबालाई स्वर्ग लिएर जान्छ त्यो छाेरा हो,
जसले स्वर्ग लाई घरमा लिएर आउछ त्यो छाेरी हो,
2069 Dashian with my Family
जसले घरलाई स्वर्ग बनाउछ त्यो बुहारी हो।

समय परिवर्तन हुँदै जाँदा र शिक्षा, सञ्चार तथा प्रविधिमा आएको बदालावसँगै छोरीको भूमिका र परिवारमा उसले पाउने स्थानमा धेरै परिवर्तन आउन थाल्यो | अब छोरीलाई तिमीले श्रीमान् र सासुससुरालाई खुसी पार्नैपर्छ भन्दा पनि सर्वप्रथम आफू स्वावलम्बी र आत्मनिर्भर हुनु बढी जरुरी छ भन्नेतर्फ सचेत भएको देख्न सकिन्छ | यसलाई मान्छेको सोचाई र बुझाईमा आएको ठूलो फड्को मान्न सकिन्छ| 


यस्तै हुर्काई र सिकाइसँगै हुर्किएकी एउटी छोरी जब अर्काको घरमा बिहे गरेर जान्छे तब भने बिल्कुलै फरक भूमिकामा 'फिट' हुनुपर्ने हुन्छ । उ नयाँ सदस्य भएकोले परिवारले उसलाई पहिला नयाँ सदस्यको रुपमा स्विकार गरेर उसलाई सबै व्यवस्था, रितिरिवाज र परिवारका अन्य सदस्यलाई बुझ्ने पर्याप्त समय दिनु पर्छ । तर कतिपय समाजमा त्यस्तो छैन, रुडिबाडी र अन्धविश्वासमा रुमलिएका व्यक्तिहरुले आफ्नो छोरीको र ज्वाईको खुब गुनगान गाएर हिड्छ्न् र भन्छन्  "मेरी छोरीलाई ज्वाईले खुब मायाले पालेर राखेका छन् सासु ससुरा संग छुटाएर एक्लै राखेका छन् खुब माया गर्छन्"। गाह्रोसाह्रोमा एक कप पानी पनि तताएर नखुवाउने बुहारी समानको अर्को नाता ज्वाइँलाई चाहिँ ‘नारान’ का रूपमा पूजाअर्चना गर्ने गर्छन् । 


यसरी तारिफ गर्दै हिड्ने ब्यक्तिको घरमा जब छोराको विवाह हुन्छ तव बुहारीको नराम्रो व्याबहार र छोराले बुहारीलाई गरेको मायामा "आफ्नो छोरो बिग्रियो" भन्दै हिड्छन् । तिनिहरुले सोच्दैनन् की बुहारी पनि कसैको छोरी हो, जसरी मैले मेरो छोरीको खुसी चाहान्छु त्यस्तै बुहारिको आमाबुबाले पनि उसको खुसि चाहान्छन् भन्ने ध्यान किन जाँदैन ।  मैले समाजमा यस्ता ब्यक्तिहरु धेरै देखेको छु, जसले बुहारीलाई छोरीको होईन नोक्कर जस्तो व्यावहार गरेका हुन्छन्। हाम्रो हजुरआमा भन्नुहुन्थ्यो उहाँको बिबाह ९ बर्षमा भएको रे, तपाई आफै बिचार गर्नुस् त्यति सानै उमेरमा कसरी संघर्ष गर्दै आउनु भयो होला ? बच्चा उमेर देखि नै बुहारी नातालाई संहाल्दै दुख सहेको भएर होला उहाँले आफ्नो छोरी र बुहारीलाई समान रुपले माया गर्नु भयो, आज उहाँ हामीमाझ नभएता पनि उहाँले दिएको संस्कार र अर्तिलाई सिरोधार्य गरेको छु । बुहारीलाई कसरी माया गर्नु पर्छ भन्ने पाठको नमुना बन्नु भएको छ ।  बुहारी कामबाट नआए सम्म खाना नखाने, हरेक कुरामा सहयोग गर्ने, आमाले पनि सासु होईन मेरो जन्म दिने आमा जस्तै व्यावहार गरेको कारणले अन्तिम सास जाने बेलामा बुहारीको मुख हेर्ने ईच्छा गरेर उहाँको हातबाट पानी पिएर प्राण त्याग गर्नु भएको थियो ।‍ म चाहान्छु सबैको घर परिवारमा यस्तै सम्बन्ध होस् । छोरी र बुहारी फरक कुरा होईन दुबै नारी हुन दुख सुख सबैलाई उस्तै हो, त्यसैले उनिहरुलाई उचित स्थान दिनु पर्छ । 


समाजमा दुबैको स्थान महत्वपूर्ण छ। सम्बन्ध एका तर्फबाट मात्र बिग्रने र सुध्रिने होईन यसको लागि बुहारीले पनि सासुलाई पराई नसोची आफ्नै जन्म दिने आमा समानको माया गर्नु पर्छ  । उचित सल्लाह र सहयोग लिएर उहाँहरुलाई सम्मान गर्नुपर्छ यसरी मिलेको खण्डमा तपाई को घर मन्दिर जस्तो पवित्र र शान्त हुन्छ ।

   


Post a Comment

Previous Post Next Post