तिमि.....

.............थाहा छैन खोई किन हो म तिमीलाई यती धेरै प्रेम गर्न थालेछु, जती तिमीले बुझ्न सक्छ्यौ, जती तिमीले आफ्नो आँचलमा सम्हाल्न सक्छ्यौ, परेलामा लुकाउन सक्छ्यौ अनि ओठमा मुस्कान बनाएर देखाउन सक्छ्यौ ...... तिम्रो त्यो मुस्कानले यो दुनियाँ नै जलोस् । मैले धेरैलाई प्रेमले रुवाएको देखेको छु, दुखाएको देखेको छु । त्यो प्रेम नै कसरी हुन्छ जसले हरपल रुवाएको हुन्छ? त्यसैले त भन्दैछु नि म त्यो प्रेम, त्यस्तो प्रेम तिमीलाई कहिल्यै गरिन र गर्दिन पनि, जुन प्रेमले आसुँ निम्त्याओस, रात नै नपर्दै बिहानी निम्त्याओस। म त्यस्तो प्रेम गर्छु, म त्यस्तो माया दिन्छु, कि जुन माया प्रेमले जिन्दगी जिउने बहाना मिलोस, बाँच्ने अभिलाषा बढोस्,हाँस्ने र हँसाउने चाहानाहरु बढुन्, त्यो प्रेम जसले बेरङ्गमा रङ्ग पोतोस, जसले हरेक सम्बन्धमा माधुर्यता देओस, हरेक मन मुटुमा एस्तो तरङ्ग देओस कि जसले हर ब्यथा र पिडा भुलाओस, जिवन सधै रंगिन बनोस् ।
हरपल म तिमीलाई पाउँछु, तिमी मलाई पाउँछ्यौ, हामी हामीलाई नै पाउछौं । हाम्रा साथहरुमा नै यती मिठास हामीले पाउछौं,  किन चाहियो हामीलाई रङ्गिन प्लास्टिकले बेरेका चकलेटहरु? त्यसैले त म दिन्न बनावटी हग्स (अङालो) न म तिमीलाई दिनेछु बजारीया चकलेटहरु नै। जब तिमी मेरो र म तिम्रो नै हौं भने किन गर्नु पर्‍यो बर्षमा एकदिन ‘प्रस्ताब’? कहाँं लुकेका हुन्छन प्रेम कसले देखाउन सक्छ त्यो प्रेम जुन चकलेट, गूलाबका फूल र प्रस्ताबहरुमा? मलाई तिम्रो बिगतमा के भयो भन्ने कुरामा केही गुनासो छैन् , सबैको आफ्नो आफ्नो बिगत लुकेका हुन्छन्, त्यसबाट पाठ सिक्ने हो वस् तिमिले आफ्नो खुसिमा रम्दै गरेको पाईलालाई विश्चास र मायाको साथ अगाडि बढाई दिए पुग्छ । जे पाईन्छ त्यसमै खुसि हुन सिक्नु पर्छ, जसले माया र विश्वास गर्दछ त्यसको भरोषा नतोडिदिए पुग्छ ।
हरेक बगानमा तिम्रा नाम लेख्न चाहन्छु, हरेक मौशमले तिमीलाई सृङ्गार्न चाहन्छु, पालैपालो सयौं थरी उपनाम दिएर बोलाउन चाहन्छु , सागरका नुनिलो पानीमा सङ्गै डुबुल्की मार्न चाहन्छु। हो तिमीसङ्ग धेरै थोक गर्न चाहन्छु, जुनकुराहरु यस दुनियाँमा सम्भब छन् र रहनेछन् सदैब।  म तिमीलाई माया गर्छु बस यती मात्र भन्छु कि म जान्दिन त्यस्तो माया गर्न जुन माया यो वास्तविक मानब धरातल भन्दा बाहिर गएर गरियोस। उपनाम दिउला “मेरी चन्द्रमा, राजकी रानी, परि र चाहकिली तारा” भन्दै तर म झुटो कसम खाँदिन कि त्यो चन्द्रमा र तारा यो धर्तिमा ल्याउनेछु भन्दै। म त्यस्तो माया पनि चाहने छैन जसले जिन्दगी जिउन सहजताको सट्टा असहजता मात्र दिओस। खुशी छु म आज तिम्रो मायामा र खुशी नै रहन पाउँ जिवित जीवनका अन्तिम पलहरु सम्म । 
भ्रम नै सही, उसको याद छ मनमा, दिमागमा, मुटुमा, आँखामा । नत्र किन कहिलेकाहीँ कसैको अभावमा सबैभन्दा बढी उसलाई सम्झन्छु त? मनमा केही उमंग र उत्साहको वर्षा हुन्छ, जब तिम्रो नामको याद मनमा बस्छ। न्याउरो मुहार पनि एकाएक चम्किन्छ, धेरै समय नहाँसिरहेको मुहार पनि एकाएक हाँस्छ, अनेकौँ बहानामा तिमीसँगै गफ गर्न थाल्छ । अल्छीले ग्रस्त भइरहेको शरीर एकाएक स्फूर्त हुन्छ । लाग्छ, वर्षौंको ध्यानपछिको ऊर्जा मिलेको छ । तिम्रो यादको बारेमा अरुलाई सुनाउन सक्दिनँ । ठूलो निधार, साना आँखा, मिलेका दाँत,अनि, पुक्क–पुक्क परेका गाला, काला लामो कपाल, मीठो हाँसो, धेरै सुन्ने र थोरै बोल्ने बानी, सानो कुरामा धेरै खुसी हुने र ठूलो कुरामा धेरै दुःखी बन्ने मन, महिना दिन बितेछ, तिमीलाई नदेखेको । तर, नभेटेकोजस्तो कहिले लाग्दैन, किनकि हृदयमा बसेको मान्छे कहिले हट्छ र कहिले आउँछ भन्ने कुरा नै हुँदैन, हृदयको मान्छे सधैँ हृदयमै हुन्छ । 
चाहेको चिज सबै पाउन त कहाँ सम्भव छ र? तर यति मात्र भन्छु पाएको चिजलाई गुमाउन नपरोस् , दुख सुख जिन्दगीका पाटाहरु हुन् मिलेर दुख सुखमा रहन सकियोस् । धेरै आउँछन् घर बिगार्न खोज्ने, खुट्टा तान्न खोज्ने र बदनामी चाहानेहरु वस् यति मात्र सोचौ केही बाट बिचलित नबनौ धर्य गरौ विश्वास राखौ सब ठिक हुन्छ । विश्वास नै सम्बन्धको आधार हो एक आर्कालाई विश्वास गरौ, खुसि बनौ सुखि बनौ। संसार कै खुसि परिवार बनौ ।।।।।

पल पल को याद तिमीलाई
कहिलेकहीँ झर्कन्छु, रिसाउँछु
आत्तिन्छु, फत्फताउँछु
कराउँछु, भयभीत हुन्छु
छट्पटाउँछु, अथवा
सम्झन्छु, बिर्सन्छु
माया गर्छु, गाली गर्छु
रोमाञ्चित हुन्छु
र तिम्रो यादमा मुस्कुराउँछु,
किनकि म तिमिलाई धेरै माया गर्छु ।

Previous Post Next Post