........ एउटा विद्यार्थी बाईकमा आउदै गर्दा मलाई देखेर बाईक रोकेर केहि सोध्यो... सर मेरो घर मोरङ हो । बिहान काम गर्दै दिउसो कलेज पढ्दै आएको थिएँ, कलडाउनले मेरो सबै पैसा सकियो, काम पनि छैन, घर जाने खर्च नि छैन..... गहभरि आँसु पार्दै मलाई सोध्यो। के गरेर घर जान पाईन्छ? सल्लाह दिनुस् न। मेरो पनि मन भक्कानियो मैले के नै गर्न सक्थे र १५ गते सम्म धैर्य गरेर घरमै बस्न आग्रह गर्नुको विकल्प छैन। यदि त्यस पछि पनि खुलेन भने के गर्ने भन्ने सल्लाह दिएर पठाईदिए ।
केही समय पछि ६/७ जनाको ज्ञाङ(समुह) आयो तिनिहरुलाई तपाई कता हो भनेर सोधेको हामिहरु मजदुर हौ, सिन्धुपाल्चोकबाट आएको हाम्रो घर कैलाली हो घर जान हिँडेको हौ। म छक्क परेँ हिडेर कैलालि जाने कति दिन लाग्छ? उनिहरुले भने सिन्धुपाल्चोकबाट २ दिन लगाएर यहाँ आएका छौ, १५/२० दिनमा त पुगिन्छ होला, लकडाउन सकिने टुङ्गो छैन। हामीले भोट दिएर जिताएको नेताहरु नि सबै मरेछन्, अब भोट कसैलाई हाल्दैनौ भन्दै अगाडि बढे....... धेरै दुख लाग्यो मलाई..... धेरै गरिव जनताहरुलाई मारमा पारेको लकडाउनले, के गर्नु सरकारले पनि आफ्नो जनताको हितको लागि सोच्नै पर्यो। कोरोना रोग बाट राज्यलाई जोगाउन यो बाहेक विकल्प पनि त छैन नि।
एउटा हातले बच्चा च्याप्दै अर्को हातमा जेव्रा झोला झुण्डयाएर घण्टौ पिच सडकमा तालु पोल्ने घाममा हिड्नुको पिडा महसुस गरौ त? त्यस्तो हालतमा कैलाली हिँडेर जान सक्छन् त? त्यो दृष्य मेरो आॉखा अगाडि घुमिरहेको छ। कति पिडा छ है तिमिहरु लाइ? सरकारले आवश्यक सल्लाह लिएर ति अलपत्र परेका जनताको हितको बिषयमा नि सोच्ने हो की?