आफ्नै सन्तानहरु गाउँले भएपछि के गरौं


 कामको सिलसिलामा दोलखा जिल्लामा गएको बेला एकजना बा सँग चिया खाने क्रममा भेट भयो र उहाँको मन भित्रको पिडाले मलाई घच्घच्याई रह्यो, यो यथार्थ हजुर माझ पस्कने जमर्को गरेको छु…..

….….हिजो गौतम काकाले चरम गरिबीको सामना गरिरेका थिए, आज सबैथोक भएर पनि घर परिवारको साथ नहुँदा उहाँ एक्लो हुनुहुन्छ, हिजो उहाँको आम्दानीको स्रोत केवल ज्याला मजदुरी मात्र हो, काका र काकी दुवैजना बिहान सबेरै उठेर घरको कामधन्दा, वस्तुभाउ समेतको रेखदेख गरेर ज्याला मजदुरीको लागि डोकोनाम्लो, कुटोकोदालो बोकेर झिसमिसेमै निस्कने गर्दथे, आफूलाई समेत खान नपुग्ने थोरै जग्गा जमिन खोस्रेर, अरूको ढिकी जाँतो गरी जीवनयापन गर्दैआएका थिए ।  तीन जना छोरा र चार जना छोरी गरी सात जना बालबच्चालाई हुर्काउन, लालनपालन गर्न, स्कुल पठाउन धेरै गाह्रो परेको थियो ।

तै पनि हरेस नखाई उहाँहरू ऋण धन दुःखकष्ट सहेर पनि आफ्नो बालबालिकालाई पढाउनको लागि दत्तचित्त भएर लागि परेका थिए, मेलापातमा दिएको खानेकुरा समेत आफ्ना छोराछोरीले खान्छन् भनेर पोल्टामा पोको पारेर ल्याउने गर्दथे, सन्तानहरू पनि बुझकिनै थिए, जेठो छोराको एसएलसीको सर्टिफिकेट निकाल्न पैसा नभएर उनि केहि समयको लागी भएपनि आफन्त कहाँ दुई हजार सापटी माग्न पुगे करोडपतिमा गनिएका नजिकका आफन्तले पनि पैसा पत्याएनन्, त्यसपछि चर्को ब्याजदरमा भएपनि गाउँकै जमिन्दारसँग आफ्नो जग्गा बन्दकि राखेर  सापटी लिई छोराछोरीलाई पढाएका थिए। सन्तानहरूले पनि घरको दुखलाई बुझेका थिए, त्यही कारणले जेठो छोरा साउदी गयो, दुख गरेर आफ्ना भाईबहिनीहरुलाई पढायो, बिस्तारै माहिलो जापान गयो, कान्छो अमेरिका गयो, बहिनीहरुको पनि राम्रै खन्दानमा विवाह सम्पन्न भयो केही बर्ष पछि सबै दाजुभाईको एउटै लगनमा बिवाह समेत भयो, सबै परिवार खुसी नै थिए । एकदिन अक्कास्मात काकी भिरबाट लडेर बित्नुभयो, गौतम काकाको उमेर पनि ७० नाघिसकेको थियो, काकीको क्रिया कर्म सकेपछी तिन ओटै छोराहरूले नेपाल बसेर आफ्नो व्यवसाय घाटामा गयो अब हामी जानु पर्छ भनि बुहारीहरु लिएर बिदेश गए । 

 काकाले एक्लै संघर्ष गर्दै आईरहनुभएको थियो, एकदिन काकाको पनि घरको रछ्यानबाट लडेर कम्मरको हड्डी facture भयो, त्यसपछि गाउँलेहरुले मिलेर जिल्ला अस्पतालमा लगे, जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डाक्टरहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिए, त्यसपछि काकालाई लिएर गाउँका मान्छेहरू काठमाडौं गए, काठमाण्डौमा बस्न आफन्तहरूको घर पनि नभएको खानपिनको समेत समस्या परेको र छोरीहरुको घर त्यहीँ भएको हुनाले गाउँका मान्छेहरुले काकालाई छोडेर गाउँ फर्किए, दिउँसोको समयमा एकछिन एकछिन मिलाएर छोरीहरु आउँथे,  काकाको उपचार त सफल भयो केहिदिन लामो यात्रा गर्न नहुने भएपछि काठमाण्डौमा अन्य आफन्त नभएको कारण छोरीको घरमा बस्न पर्ने भयो, छोरीहरुलाई यो कुरा गर्दा "उस्कोमा राख् - उस्कोमा राख्" भन्दै पन्छिदै भाग्न थाले । कसैले पनि बाबुलाई राख्न नमानेपछि अलि टाढा घर भएकी कान्छी छोरीले आफ्नो घरमा लगिन् । छोरी दिउँसो अफिस गएको समयमा उस्का सासुससुराले नमिठो बचन बोलेर हेलाँ गरेपछि काका भोली पल्ट नै सुटुक्क गाउँमा फर्किए, काकासँग फोन पनि छैन, गाउँको पसलमा छोराहरूले कहिलेकाहीँ फोन गर्थे, धेरै भयो आजकाल त छोराहरूको फोन पनि आएको छैन आँखाभरी आँशु पार्दै काकाले गुनासो गर्दै थिए, मलाई पनि कताकता नमिठो लागेको थियो काकाले आँसु पुस्दै भने "आफ्नै सन्तानहरु गाउँले भएपछि के गरौं" यो शब्दले म झसङ्ग भए , हिजो काकाले त्यति धेरै दुःख सहेर मेलापात गरेर यो अवस्थामा ल्याएका आफ्नै छोराहरुको आफ्नो बयबृद्ध  बाबुलाई सम्झेर एक कल फोन समेत  गर्दैन् 😭

उदोँ माया हुन्छ भन्ने त सबैलाई थाह छ, टाढा छन् पटक पटक आउन समस्या हुन्छ मेरो तिनिहरु वाहेक कोही छैनन् , एक कल फोन गर्दे पनि हुन्थ्यो जस्तो लाग्दो रहेछ …… बिचर काका म सँग दुखेसो पोख्दै हुनुहुन्थ्यो… 

Post a Comment

Previous Post Next Post