विश्वमा भएको प्रविधिको द्रुततर विकाससँगै साइबर अपराध पनि आम सर्वसाधारणका लागि चुनौतीको रुपमा रहेको छ, विश्वको जुनसुकै कुनाबाट केही nano second मा नै तपाईंको महत्वपूर्ण information हरु अन्य व्यक्तिको हातमा पुग्न सक्छ। हामीले कम्प्युटरमा इन्टरनेटको प्रयोग गर्दा antivirus वा internet security अनिबार्य राख्न पर्ने आवश्यक देखिन्छ। "little knowledge is dangerous"" अर्थात अल्प ज्ञान ले हाम्रो महत्वपूर्ण information सजिलै बाहिरीन सक्छ, facebook, instagram, viber, wechat, twitter, snapchat, टिकटक लगायत सामाजिक सञ्जालमा आफ्नो महत्वपूर्ण विवरणहरू राख्न र पठाउन हुदैन । किनकि हाम्रो account hack हुने बित्तिकै त्यस्ता डाटाहरु गलत मान्छेको हातमा परी आत्महत्या समेत गर्न बाध्य भएको ज्वलन्त उदाहरण हामी माझ ताजा नै छ ।
दिनानुदिन नयाँ-नयाँ अपराधका रूपहरू हामी माझ देखिने गरेका छन्, Instagram account hacked गरी voting को लागि भन्दै link पठाई एकाउन्ट Hacked गरि cryptocurrency मा लगानी गरि केहि मिनेटमा नै पैसा ४/५ गुणा हुन्छ भन्दै ठगी गर्ने, facebook id ह्याक गरेर आफन्तहरूसँग पैसा माग्ने, विदेशबाट आफुलाई क्यान्सर भएर असाहाय छु, सहयोग गर्छु भन्ने लालच देखाई emotional blackmailing गरी ठगी गर्ने, viber whatsapp मा चिठ्ठा परेको प्रलोभन देखाई ठगी गर्ने, online मार्फत एउटा सामान अर्डर गर्दा अर्कै सामान पठाउने वा पहिला नै पेमेन्ट गर्न लगाई फरार हुने जस्ता गतिविधिहरु आजको समयमा सामान्य नै बन्दै गएको छ । हिजोआज त झन् अपरिचित व्यक्तिले facebook मा फेक एकाउन्ट बनाई कुनै सुन्दर स्त्रीको तस्वीर राखि हाइप्रोफाइल भएका व्यक्तिहरू छनौट गरी उनीहरूसँग कुराकानी गर्ने, vedio sexchat को अफर गर्ने र त्यस्ता व्यक्तिहरुसँग chat सकेपछि त्यो सबै screen record गर्ने र उस्का फेसबुकमा भएका आफन्त तथा साथीभाइलाई पठाई blackmailing गर्ने र पैसा जम्मा गर्देउ नत्र तिमीलाई सामाजिक सञ्जालमा भाइरल गराइदिन्छु भन्ने डर त्रास देखाई धम्क्याउने समेत कार्य बढेको छ। यसमा सरकारी ओहोदाका उच्चपदस्थ अधिकारीहरु, धनाड्य व्यापारीहरु, उद्योगपतिहरु, राजनीतिज्ञहरु लगायत १४ बर्षको बालकदेखि ८२ वर्षको बृद्ध सम्म शिकार भएका छन् ।
केही समयअगाडि मैले dell कम्पनीको laptop किनेको थिए दुईचार दिनपछि ल्यापटप चलाउने क्रममा ल्यापटपमा antivirus राख्नुपर्ने साथीले सल्ला दिए । त्यसपछि मैले free मा डाउनलोड गर्न मिल्ने avast antivirus डाउनलोड गरे download गर्ने क्रममा जति permission माग्यो त्यो सबै दिँदै गए, एकछिन पछि त मेरो laptop slow हुन थाल्यो आफूले download नै नगरेको एप्सहरु automatic download हुन थाल्यो, laptop धेरै नै slow भएपछि मैले त्यसलाई off गरें, फेरी अन गरेर हेर्दा मेरो laptop मा भएका सम्पुर्ण फाईलहरु .zero extension मा रुपान्तरण भएको थियो । मसँग महत्वपूर्ण अफिसको डकुमेन्टहरु पनि थियो पुराना फोटाहरु पनि थिए मेरो त सातो नै गतो 🥺🥺 अब के गर्ने होला? त्यसपछि मैले इन्टरनेटमा सर्च गरेर हेरें यो त एउटा ransomware attack पो भएको रहेछ, encrypted file सँगै एउटा .txt file पनि रहेछ, त्यो file open गरी हेर्दा मसँग 6500$ माग गरेको थियो, मैले प्रयोग गर्ने hotmail एकाउन्ट पनि Hacked भएको, OneDrive भित्र भएको सम्पूर्ण फाइलहरू पनि encryption भएको थियो त्यसपछि झन बढी टेन्सन भयो । केही सिप नलागेर मैले windows format गर्न बाध्य भए, सफ्टवेयरहरु त फेरि install भए तर त्यसमा भएका मेरो अफिसको महत्वपूर्ण document आफ्नो पुराना फोटाहरु विभिन्न सूचनाहरु मैले पुनः पाउन सकिन 😥…. यो मलाई परेको यथार्थ घटना हो। युक्रेन, रसिया, अमेरिका, सिंगापुर, जस्ता विभिन्न देशहरुबाट उस्तै देखिने duplicate software बनाई प्रयोगकर्ताहरुलाई झुक्काई, computer मा automatically install गर्ने र decryption को लागि फिरौती माग्ने कार्य हाल दिनानुदिन बढ्दै गएको छ।
आफ्नो computer मा अनिवार्यरूपमा लाइसेन्स भएको antivirus इस्टल गर्न, windows defender लाई समय समयमा अपडेट गर्न, firewall हरूको प्रयोग गर्न, प्रयोगकर्ताहरुलाई असम्बन्धित साइटहरु, लिङ्कहरू नखोल्न समेत सजग गराउनु पर्ने देखिन्छ।
आफ्नै बिश्वासिलो साथी वा आफन्तबाट आएका कुनै लिंकमा थिच्ने, otp कोड दिने, पासओर्डहरु शेयर गर्ने, ई-सेवा, खल्ती, mobile banking लगायत digital wallet हरूको जानकारी अरुलाई दिने कार्य गर्न हुँदैन । यो स्वार्थी दुनियाँमा तपाईलाई तेत्तिकै कसैले पनि आफ्नो सम्पत्ति दिँदैन, फारम नभरी त्यत्तिकै कसैलाई पनि चिठ्ठा पर्दैन, फेसबुकमा साथीले पैसा माग्यो भन्दैमा फोन नै नगरी पैसा पठाउनु हुँदैन, cryptocurrency मा लगानी गर्दा 4/ 5 गुना फाइदा हुन्छ भनी प्रलोभन देखाएमा विश्वास गर्नुहुँदैन ।
हिजो तपाई शक्तिशाली हुनुहुन्थ्यो किनकि तपाईँको पहुँच तपाईंको निश्चित एरियामा मात्र थियो तर आज विश्व दुनियामा अर्बौं मान्छेहरूको माझमा हुनुहुन्छ, तपाईं हामीले प्रयोग गर्ने इन्टरनेट मार्फत सबैलाई जोडेको छ । समाजमा हुने जतिपनि अपराधहरु प्रविधिको प्रयोगमार्फत हुन थालेका छन्, चोरी, डकैती, किड्न्यापिङ, हत्या, यी सबै virtual रुपमै हुन थालेको छ। राम्रो छवि भएका ब्यक्तित्व समेत केही सेकेण्डमा नै पतन भएका छन्, त्यसैले आफ्नो व्यक्तिगत बिबरण सामाजिक संजालमा राख्दा वा अरुलाई पठाउँदा एक पटक सोच्ने हो कि त????
""सामाजिक सञ्जालमा privacy maintain अति नै आवश्यक छ""
