आउनुस, आउनुस् !! कलंकी, कालिमाटि, रत्नपार्क ...... काठमाण्डौमा बसेर यो शब्द नसुन्ने सायदै होलान्, त्यतिमात्र होईन जब तपाई सवारी साधन चढ्नुहुन्छ, त्यो समयमा पछाडी जानुस... पछाडी पछाडी..... दुई लाईनमा मिलेर बस्नुहोस् भनेर घकेल्ने ब्यक्ति देख्नु भएकै होला? तिनीहरु सहचालक हुन् सहचालक सार्वजनिक सवारिसाधनहरुमा यात्रुहरुको सहजताको लागि राखिएको हुन्छ । कोही गाडि सिक्ने सपना बुनेर सहचालक बसेका हुन्छन त कोही आफ्नो दैनिक गुजारा चलाउन काम गरिरहेका हुन्छन् , आजकाल त महिला दिदिबहिनीहरु समेत सहचालक बनेर काम गरिरहेका छन् । सबै यात्रुहरु एकै किसिमको हुँदैनन् कोही तितो बोल्ने नि हुन्छन् । कसैले अरुको अपमान गरेर रमाउने ध्रूत प्रबृतिका मानिसहरु पनि हुन्छन्। गाडीमा कोही देखि रिस उठ्दा विचर निर्दोश सहचालकहरुलाई रिस पोख्ने र कुट्ने यात्रुहरु धेरै देखेको छु । मलाई एक पल्ट यात्रामा एकदम खल्लो लाग्यो रत्नपार्क अगाडि ड्राईभरहरुको प्रतिस्प्रधामा २ ओटा गाडि हुईकेको थियो जमलमा आईपुग्यो पछि म चढेको माईक्रोले एक जना मान्छे बोलाएर हाल्यो अगाडिको गाडिको सहचालक आएर मेरो मान्छे हालिस भनेर कुट्यो पछि हामि ओर्लेर सम्झाई बुझाई गर्दा कुरा मिल्यो र दुबै मिलेर गए । यस्ता यथार्थहरु धैरै छन हामी माझ । मेरो मान्छे भन्ने धारणा तिनिहरुमा नै बढि हुन्छ अन्जान भए पनि मिलेर बस्नुपर्छ भन्ने धारणा हुन्छ तर पनि कोही मानवता नभएका र पैसामा उदण्ड भएकाहरुले उनिहरुको अपमान गरेर जिस्काई रहेका हुन्छन् ।सबै सहचालक एकै किसिमका पनि हुँदैनन् कोही धेरै मान्छेलाई गाडीमा कोचेर ड्राईभरको आँखा छलि पैसा झ्याप पर्ने सोचमा हुन्छन् , कति सहचालकको बोल्ने संस्कारको कमीको कारण स्वाभाव रुखो प्रकारको हुन्छ । सार्वजनिक सवारिको यात्रामा कोही चटके सहचालक हुन्छन् ... केटि संग मस्किने उनिहरुको भाडा नलिने खालका हुन्छन् र ओर्लदा उक्लदा केटि लाई छुन खोज्ने खालका पनि देखेको छु । समाजमा रहेको मध्ये सर्ब ज्ञानी प्राणी हामीले आफ्नो संस्कार र मार्यादालाई भुल्न हुँदैन ।हामी सबैले आफ्नो जिम्मेवारीलाई सहजताका साथ निभाउनु पर्छ, त्यस्ता गलत काम गर्नेहरुलाई सम्झाउने र सजग बनाउनु हाम्रो कर्तव्य हो तर शारिरिक र मानसिक यातना दिनु हुँदैन । कुनै पनि काम सानो ठुलो हुने होईन यदि सहचालक नहुँदो हो त हामीलाई सोधी सोधी तानी तानी गन्तब्य सम्म पुर्याउने को हुन्थ्यो? हामीले सबैको सम्मान गर्न जान्नु पर्छ, दिन दुखि प्रति घृणा र तिरस्कार होईन माया र सम्मान दिनु पर्छ तब मात्र हामी असल मान्छे बन्न सक्छौ ।