जस्तो रात परेपछि घरमा कुचो लगाउनु हुँदैन, रातिमा भान्सामा जुठा भाँडा राख्नु हुँदैन, अमखोरामा पानी भरी नपारी राख्नु हुँदैन, बिहान साँझ घरमा पूजाको दीयो बाल्नुपर्छ, घरमा कोही माग्न आए भने एकमुठ्ठी भए पनि दान दिनुपर्छ रित्तो पठाउनु हुँदैन, घरमा आएका पाहुनालाई पानीमात्रै भए पनि खुवाएर पठाउनुपर्छ। दूध तताएको बेलामा बढार्नु हुँदैन, रातिमा नङ काट्नु हुँदैन, कुनै कुरा एक हातले मात्रै थाप्नु हुँदैन, एक हातले मात्रै कसैलाई केही दिनु हुँदैन, पानीको गाग्री बोकेपछि बाटोमा बिसाएर घरसम्म पुर्याउनु हुँदैन, घाँटीमा हात लागेपछि फु फु गर्नुपर्छ, हिक्कहिक्क बाडुली लागेपछि ऊमाथि छन् फुफूसासू भन्दै हेर्नुपर्छ। बच्चा तर्सेर रोए भने ढोकाको संघारमा राखेर पानी छ्याप्दै सातो आइजा भन्नुपर्छ, खानेकुरा पकाइसकेपछि देवता पितृलाई चढाएर मात्रै खानुपर्छ, बच्चालाई बाहिर हिडाउँदा कालो टीका लगाइदिनुपर्छ, साइतमा दही खानुपर्छ, भरी गाग्री पानी देख्दा साइत पर्छ, बिरालोले बाटो काट्यो भने एकैछिन रोकिनुपर्छ.., घरका ठूला मान्छेलाई खुवाएपछि आफूले खानुपर्छ, खानेकुरा पकाउँदा चाख्दै पकाउँदै गर्नुहुँदैन?
यी सब हामीले समाजमा सुन्दै आएका कुराहरु हुन जुन सत्यता आधारित छन् यद्यपि समाजमा अन्य अन्धविश्वास र रुढिवादि परम्परा पनि छन् त्यस्ता विचारको संसोधन र क्रमिक परिवर्तन गर्नु नितान्त आवश्यक छ तर सवै परम्परा गलत हुँदैन जस्तो लाग्छ मलाई किनकि आधुनिकतामा जन्मेको मान्छेले पनि आफ्ना पुर्खाहरुले गरेको कार्य र अपनाएको परम्परा मान्दै आएका छन् । समाजमा गरिने कुल पुजा, विवाह, जन्म र मृत्यु हुँदा गरिने संस्कार, पितृ कार्य, रुद्रि पुजा ईत्यादिले समाजमा एकता र भाईचारा कायम गर्दछ ।
हाम्रो समाजमा राम्राका साथै नराम्रा प्रथाहरुपनि रहेका छन् त्यस्ता प्रथालाई सबैको आत्मासम्मानको रक्षा हुने तरिकाबाट संरक्षण वा संसोधन गरिनु नितान्त आवश्यक छ । जस्तै छाउपडी, दाईजो प्रथा, देखासिखि गर्ने प्रथा, छुवाछुत, लैङ्गिक बिभेद, वर्गिय विभेद , धार्मिक विभेद आदि थुप्रै समाजमा कुरितिमा रुपमा रहेका यस्ता प्रथाहरु छन् जसले समाजलाई गलतबाटो तिर लगेको छ । हामीले सहि र गलतलाई फिल्टर गरेर मात्र निर्णय लिन आवश्यक हुन्छ । सबै युवाहरुको आत्मसम्मान र विचार फरक फरक हुन्छ कोही अधुनिकताको खोल वडेर परम्परालाई विर्सदै हिडेका हुन्छन् त कोही परम्परा र आधुनिकता दुबैको तुलना गर्दै उचित निर्णय लिएर हिड्छन् त कोही परम्पराको खोलमा बसेर पुरानै सोचमा रमाउछन् । शिक्षित र बुद्धिजिविहरुको समाजमा प्रभुत्व बढ्दै जानु स्वाभाविक रुपमा राम्रो कुरा हो । कुन चाही उचित हो त्यो तपाईले समाज र परिवारबाट सिकेको संस्कारले पहिचान गराउँछ । "सत्य केवल सत्य नै हुन्छ " परम्परालाई कसरी स्वीकार्ने यो तपाई मा नै भर पर्ने कुरा हो ।