"पुन:मुसिको भवः"


एकजना ऋषिले आफ्नो कुटीमा एउटा मुसो पालेका थिए । मुसालाइ बिरालोको सधैँ डर रहने । आँखा चिम्ल्यो कि बिरालोको शिकार भैहाल्नु पर्ने । यस्तो त्राहीमाम् जीवन देखि आजित भएर उसले ऋषिको तपस्या गर्ने निधो गरेछ, बिरालो बनाइदेउ भनेर । उसको कडा तपस्या देखेर ऋषि खुशी भएछन् र आफ्नो अलोकिक शक्ति प्रयोग गरेर उसलाइ बिरालो बनाइदिएछन् । बिरालो ला कुकुरको सधैँ भय हुने । भेट्यो कि झम्टीहाल्ने । बिरालोको भयाक्रान्त जीन्दगी देखि वाक्क लागे पछि उसले ऋषिको कठोर तपस्या गरेछ-कुकुर बनाइदेउ भनेर । ऋषिले यसपल्ट पनि उसको तपस्या देखि खुशी हुँदै तथास्तू गरिदिएछन् । कुकुरलाइ पो हाइसञ्चो कहाँ थियो र ? कुकुरहरू पनि सिँहबाट पीडित थिए । हर बखत सचेत रहनुपर्ने । केहि स-याक्क ग-यो कि झस्किनु पर्ने चैनसँग सुत्न त पाइँदै नपाइने । उसलाइ कुकुरको जीवनसँग पनि चित्त बुझेन । उसले फेरी तपस्या शुरू ग-यो सिँह बनाइदेउ भनेर । यसपल्ट पनि ऋषिले उसको पुकार सुने र उसलाइ सिँह बनाइदिए । अब चाहीँ उसलाइ ढुक्क होला भन्ठानेको किन त्यस्तो हुँदो हो । असन्तुष्ट मन न हो, अव उसमा ऋषि प्रति इर्स्या जागेर आयो । सँसारमा अब उसलाइ कसैको डर थियो त खालि मुसोबाट सिँह बनाइदिने तिनै ऋषिको मात्र । उसको मनमा एउटा कालो खराब बिचारले जन्म लियो । उसले ऋषिलाइ नै सिद्दाइदिने योजना ग-यो । न रहेगा बाँस नबजेगी बाँसूरी भन्ने सोचेर ऋषि छेउ उपस्थित भएर  उसले भन्यो - "माफ गर्नु मालीक अब म तिमीलाइ खान्छु ।" ऋषि झल्याँस्स भए र आफुबाट ठूलो भूल भएको महसूस गरि तुरून्तै मुसोलाइ श्राप दिए-"पुनः मुसिको भवः " अर्थात फेरी मूसो नै भैजा ।  क्षणभरमै गर्जीरहेको सिँह निर्धो मुसोमै परिणत भयो र चिँ-चिँ गर्दै कुटीको दुलो भित्र पस्यो ।

मानिस कुनैपनि कुराबाट सन्तुष्ट रहन सक्दैन, एउटाले अर्को जीवन उज्जवल छ , खुशि छ, धनि छ, सुखि पनि छ  भनेर परिकल्पना गरिरहेको हुन्छ तर त्यो भित्रको पिडा अरुलाई के थाह ? खुसी सम्पतिले किन्न सकिदैन यसको लागि सन्तुष्टी नै सर्वोत्तम उपाय हो । अरुलाई फसारए झुकाएर कसैको भावना विचार र ईमान्दारिताको खिल्लि उडाएर अगाडि बढ्न चाहाने व्यक्ति त्यो दिन मात्र खुसी हुन्छ भोलि पल्ट देखि खुसी भन्दा कयौ गुणा पिडामा रुमलिन पुगेको हुन्छ । सवैको भलो सोच्ने र सत्य बोल्ने मान्छे सदैब दुखि हुन्छ तर उसको जिनवको गति धेरै माथी पनि पुग्न सक्दैन । मानव जातीमा मानिस सर्वश्रेष्ठ प्राणि भएकोले नै अरु प्राणि भन्दा बिशेष छ  त्यसैले सबैको कल्याण होस् भन्ने सोच लिनुस् पक्कै राम्रो हुनेछ ।
shavda.blogspot.com  बाट साभार
Previous Post Next Post