कोरोना भाइरस के हो ? कसरी बच्ने ?
उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना
भाइरस’ले त्रासदी फैलाएको छ । यो
भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन्
। भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । यो भाइरस चीनको बुहानबाट
सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै
धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस
फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।
के हो त कोरोना भाइरस ?
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो
भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् ।
यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने
त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु
कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक
रहेको बताइरहेका छन् ।
कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु
सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि
यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो
सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको
दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट
मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस
एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा
सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा
सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।
कोरोना सम्वन्धि ताजा अपडेटको लागि यहाँ थिच्नुहोस्
कोरोना सम्वन्धि ताजा अपडेटको लागि यहाँ थिच्नुहोस्