........... ओहो
उज्यालो पो भई सकेछ, निद्राबाट आँखा मिच्दै उमेशले मोबाईल
हेर्छ .. ओहो!!!!! ९ मिसकल, कस्तो निदायछु, मोबाईलको प्याटम खोलेर उसले हेर्छ,
आमाको मिसकल रहेछ, उ फोन फर्काउछ र आमासंग
बोल्न थाल्छ....
आमाःहेलो.....!!!!
छोराःआमा सन्चै हुनुहुन्छ
नी ? राति ३ बजे
सम्म ड्यूटी थियो भुसुक्कै निदायछु ......
आमाःठिकै
छु बाबु तँ लाई बिदा मिल्दैन है.....? (निरास बन्दै) आज
राती नराम्रो सपना देखेर एकछिन नि निदाउन सकिन, तेरो बाबुलाई
नि खोकीले च्यापेको छ, तँ एक्लो छोरा हामि मर्ने बेलामा तेरो
मुख नि देख्न नपाउने भयौ!!....... आमा सुँक्क सुँक्क गर्दै बोल्छिन..
छोरा:
त्यसो नभन्नु आमा अहिले हाम्रो बिदा नि बन्द गरेको छ, लकडाउन ले गर्दा कुनै पनि गाडि चलेको छैन, यस्तो
बेला कसरी आउन सक्छु र म ?
आमाःठिकै
छ, के गर्नु गाँउ घरमा सहर पसेका सबै फर्केर आएका छन्,
सबै परिवारसंग "मरे नि सबै संगै मर्ने" भनेर बसेका छन् तर
हाम्रो एक्लो छोरो तँ पनि भईनस यो बेलामा......
छोराःआमा
आजबाट मेरो १८ घण्टाको ड्यटी छ, यस्तो तातो घाममा एक पोको
चाउचाउको भरमा पिच रोडमा उभिन पर्छ, जागिर नखाउ भने कसरि
गुजारा टार्ने, सबै कोरोनाको डरले घर भित्र लुकेका छन्,
उनिहरुको रक्षा गर्ने आफ्नो दायित्वबाट टाढा हुन त भएन नि होईन र ?
जति गरेपनि हाम्रो पेसालाई कसैले जस दिदैनन्, संसारमा
यत्रो मान्छे मरिसके, हाम्रो देशमा आज सम्म कोही मरेका त
छैनन्न नि, के गर्नु मान्छेहरु जिस्काउने नियतले हो की
मुर्खताले हो भिडभाँड गर्छन् तिनिहरुको नजिक जाँदा आफुलाई पनि कोरोना होला भन्ने
डरले डराई डराई ड्युटी गर्न परेको छ, तपाई चिन्ता नगर्नुस्
मैले रुद्र काकालाई भनेको छु सारो गाह्रो पर्दा उहाँले सहयोग गर्नु हुन्छ म लकडाउन
खुलेपछि बिदा लेखेर आँउछु ......... निरास बन्दै सुस्केरा लाउछ..
आमाःसुक्क
सुक्क......बाबु राम्ररी बसे, मुखमा माक्स लगाए, बाहिर तिर नगएस, आफ्नो ख्याल गरेर बसेस.....
छोराःआमा
बाहिर र त हाम्रो जागिर नै हो, जान परिहाल्छ... अरुकुरामा
ख्याल गरौला , तपाईले पनि भकारो सोरेको हात सबुन नलाई पखालेर
भात खानि होईन नि? (जिक्काउने पाराले), घरमै बस्नु मेलापात नजानु ३ वटा बाख्रा त हो बिरेलाई भनेर बारिको
कुटमिराको स्याउला खसाल्न लगानु टाढा घाँस काट्न
नजानु....................................................... अनि बुबालाई धेरै
गाह्रो भएको हो र ?
आमाःखासै
धेरै त होईन तेरो चिन्ताले गर्दा पनि होला आज मेडिकलबाट दबाई ल्याको छु, कम होला यताको चिन्ता नगरेस् आफ्नो ख्याल
गरेस् ।
छोराःल त
आमा म भात खान गए फेरि ड्युटी जानु पर्छ बेलुका ६ बजे सम्म (बिहानको ९ बजेको
हुन्छ) ।
आमाःल त
छोरा फोन गर्दै गरेस, राम्ररी बस राख्दे हैत?
छोराःहस्
त आमा
