
भिन्न भिन्न मानिसहरु बिचको विचार, सोच अलग अलग हुनु स्वाभाविक कुरा हो। मेरो सोच तपाईलाई ठिक नलाग्न सक्छ वा तपाईको सोच मलाई .. प्राणी जातिमा सर्बश्रेष्ठ मानिएको मानवले सके सम्म अरुबाट आलोचित हुने तरिकाबाट काम गर्नु पक्कै पनि उचित होईन, काम/आराम/मनोरन्जन जीवनका अति महत्वपूर्ण क्षणहरु हुन् । सके सम्म आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति र मनोरन्जनको लागि कसैको मर्यादा र चरित्रसँग खेलबाढ गर्नु पक्कै पनि उचित होईन होला । आफ्नो घर परिवारलाई ढाँटेर गलत कृयाकलापमा संलग्न बन्नु मुर्खता हो । प्राय सबैको अभिवावकले आफ्नो सन्तान नासिएको गलत बाटोमा लागेको र समाजले उसको बारेमा नकारात्मक टिप्पणि गर्दै हिडेको कहिल्यै देख्न सहन सक्दैनन् । सकिन्छ भने राम्रो गर्ने, सबैको भलो हुने काम गर्ने सकिदैन भने समाजमा गलत छाप पर्ने काम कहिल्यै गर्न हुँदैन…
समाज जति शिक्षामा स्तरोन्नति गर्दै गएको छ त्यतिनै मात्रमा गलत कृयाकलाप वा कुलतमा लागेका, अपराधिक गतिविधिमा लागेमा मानवहरुको जमातमा पनि दिनानुदिन बढोत्तरी हुँदै गएको छ ।
पहिला प्रसंग मदिरा कै गरौ....
तपाई भन्नु होला........ मैले खाएर तेरो के जान्छ? तेरो कमाई खाई दिएको छु र? तँ को होस् मलाई सिकाउने?...... यो प्रश्न तपाईंको मनमा आउनु स्वाभाविक पनि हो तपाईले आफ्नो होस्, जोस् र सम्पति मदिरामा सक्नु भयो भने पनि मेरो जाने त केहि होईन $ तर पनि... तपाईबाट आस्रित परिवारलाई हेर्नुस् त? तपाईको भलो चहाने आफन्तलाई हेर्नुस् त? तपाईको राम्रो सोच्ने साथीभाईलाई हेर्नुस् त ? के तपाईको व्यावहारले तिनिहरु साँचिकै खुसि छन् त? एक पटक त्यता नि ध्यान दिने हो की..............?
मदिराको सेवन गर्नाले केहि हद सम्म शरिरको लागि राम्रो पनि हुन्छ तर आफनो होस नै गुम्ने गरी आफ्नो हर्कतले अरुलाई कस्तो असर पर्छ र भोली समाजले के भन्छ भन्ने कुराको हेक्कानै नराखि, आफुलाई बलवान, सातिर, चलाख र पहुँचवाला सम्झेर अरुको मौनतालाई आफ्नो जित सम्झि लज्जासपद शब्दहरुको प्रयोग गर्नुले तपाईलाई पक्कै पनि राम्रो गर्देन, त्यो त क्षणिक तृप्तता मात्र हो । समाजमा यस्ता गतिविधि र हर्कतका कारण धेरै अपराधिक घटनाहरु बढ्दै गएका छन् । तपाईलाई मदिरा खानमा साथ दिने तपाईकै साथी भोली तपाईलाई दुख पर्दा मुन्टो लुकाएर हिड्ँछन्,। मदिराको तालमा सहि व्यक्तिको पनि कुरा काटेर समय खेर नफालौं तपाईले सत्यको बदनामी भट्टी भित्र मात्र गर्न सक्नु हुन्छ । के थाह भोली तपाईको सहारा त्यही व्यक्ति बन्न सक्छ कि? त्यसैले आज भट्टि जाँदा सितन किन्ने साथिलाई मात्र साथी हो अरु त केही होईन कदापि सोच्न हुँदैन। कसैले मदिरा खाँदैमा अरुको केहि बिग्रिदैन, जे बिग्रन्छ तपाईकै बिग्रन्छ, पैसा सकिए पछि सबै टाढिन्छन्, परिवारमा तनाव, बुबा आमालाई चिन्ता, तपाईको व्यावहारले आजित भएका साथिहरुको सम्बन्धमा खटपट, समाजमा बदनामी, कलेजोमा समस्या र अन्य शारिरिक र मानसिक रोग ...आदि थुप्रै... तपाईलाई नै हुने हो । सकिन्छ भने तपाईको कारण घर, परिवार, समाज र साथीहरुलाई कुनै हानी नहुने तरिका बाट पिउनुहोस् । शिष्टता कायम गर्नुस्, आफ्नो स्वार्थको लागि अरुलाई दुख नदिनुहोस्।
समाजमै चलेको अर्को प्रसंगमा जाउ खेलबाडः
समाजमा अपराधिक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न बिषय जुवातास पनि हो । बुढा पाकाले भन्ने गर्छन् कि जुवातासमा तल्लिन पेसेवर खेलाडिहरु यति सम्मका हुन्छन् रे आफ्नै घरमा कोही मरे भने पनि " एक गेम खेलौं अहिले यहि बाटो ल्याउँछन् अनि घाटमा जाँउला" भन्छन् रे ..... जुवातास खेलबाढ पनि एक भयानक नसा हो यसले धेरैको घरबार उठाएको छ । नजिकका साथीभाई आफन्तहरु मिलेर टाईम पासको लागि सामान्य रकममा खेल्दा खासै असर त पर्दैन तर पेशेवर रुपमा खेलबाड गर्दा घर, परिवार र स्वयमं व्यक्तिलाई क्षति र पिडा भोग्न पर्ने हुन सक्छ ।
यसै सन्दर्भमा मैले समाजमा सुनेको घटना पस्किन चाहान्छुः--
सायद तिहार पर्व थियो होला, रुद्रटारको पसलमा कैडा (जुवा) चल्दै थियो त्यो खालमा खेल्ने मध्ये बिष्णु नाम गरेको एक जना पनि थियो। उसले खेल खेल्ने क्रममा आफूसँग भएको पैसा पनि हार्यो र गेमबाट उठ्न लागेको थियो, त्यहि बेला उसकै साक्ख्य काकाले कति चाहिन्छ? पैसा म दिन्छु , तँ नउठ अझै गेम खेल भन्यो र सुरुमा खेल्न चाहेको थिएन तर काकाले सुर्याईदिए पछि खेल्न थाल्यो र खेल्दै जाँदा २ लाख रुपैया हार्यो, उसको काका रुद्रटारकै खानदानी (साहु) थियो, काकालाई त केही फरक परेन तर बिष्णुलाई त्यो २ लाख कसरी तिर्ने भनेर धेरै चिन्ता पर्यो । हुन नि हो खेति किसानि गरेरे परिवार पाल्नेलाई २ लाख ठुलो कुरा थियो ।....उसले कृषि काम गरेर त्यति बचाएर तिर्न बर्षौ लाग्थ्यो !!!!!! समाजमा नराम्रो काम गर्नेलाई सबैले सल्लाह दिन्छन, राम्रो गर्नेको खोईरो खन्छन् ।
मलाई अचम्म यो कुरामा लाग्यो कि जुवा उठेको एकछिन पछि त्यही गाँउकै मिलनको बुढिलाई सुत्करी बेथा लागेछ अस्पताल लैजान पर्ने भयो तर उ संग हजार रुपैया मात्र रहेछ, त्यतिले त पुग्दैन , उसलाई धेरै पिर पर्यो गाँउकै एउटा दाईले बिष्णुको काकासंग जति नि पैसा छ गएर सापटि लिउ भन्यो र मिलन बिष्णुको काका भएको ठाँउमा १ महिनामा ऋन तिर्ने गरि दश हजार सापटिको लागि आँसु झारेर भिक माग्यो, तर उसले आफन्नो खल्तिमा २।३ लाख क्यास हुँदा समेत पैसा छैन भनेर पठायो। यस बाट के बुझिन्छ भने मान्छेलाई दुखमा सहारा दिने कम मात्र हुन्छन्..... ...गाँउका एक भलाद्मि दाईले पैसाको जोहो गर्दिनु भएछ र श्रीमतीलाई अस्पताल लगेर उपचार गरायो । तपाईलाई खराब काम गर्न कसैले रोक्दैन, तपाई दुखि हुनु भयो भने कसैले सहयोग गर्दैन, त्यो परिस्थितिको सामना गर्न स्वमं सक्षम हुनु पर्छ............. cont