दशा बौलाएपछि…..

०७७ साल पुस महिना १२ गते साँझको १७:१३ बजेको समयमा...... ‌ राम(काल्पनिक पात्र) दैनिक कामकाज सकेर कार्यालयबाट १.२ किमि दुरीमा केही महिना अघि देखि बस्दै आएको डेराको कोठामा प्रवेश गर्दछ…...आज छिमेकीले किन ढोका नलगाएको होला🤔 भन्ने सोच्दछ त्यही समयमा उसलाई एकोहोरो रुपमा घरबेटीको कुकुरले घुक्दै झम्टिन खोज्छ... चुपलाग कान्छी म हो, यत्रो समय भइसक्यो अझै पनि मलाई अझै किनेको रैनछ...... कुकुरलाई हपार्दै ऊ आफ्नो कोठामा प्रवेश गर्छ…

सुरूमा उसले भान्छाको ढोका खोल्न खोज्छ ढोकामा चाबी लगाएको हुँदैन... रामले उस्को श्रीमतीले ढोका लगाउन बिर्सी छ भन्ने सोच गर्दै श्रीमतीलाई फोन dial गर्दै ढोका खोल्न खज्छ तब ढोकाको चाबी दैलोमा फुटेको अवस्थामा देख्दछ… ओ! हो !!😱 चोर पसेछ कि के हो? हतारहतार गरेर उ बेडरुमको ढोका हेर्छ त्यहाँ पनि ढोकामा ताल्चा हुँदैन….. जब उसले ढोका खोलेर हेर्छ बत्तीहरु बलिरहेका, दराज भित्रका कपडाहरु बाहिर यत्रतत्र छरिएका, पोतेका दानाहरु यत्र-तत्र फालिएका, सर्टिपिकेटहरु तितरबितर पारिएका, विस्ताराका कपडाहरू छरपष्ट, दराजका टुटेका काठका चोईटाहरु यत्रतत्र भएका, दराज भित्रको सेफ फोरेको, त्यो दृश्य देखेर राम एकछिन मुर्छित हुन्छ, उसको तालुबाट पसिना छुट्छ, शरिर काप्न थाल्छ, ए ! भगवान !! यो सवै सपना होस् 🙏🙏भगवानलाई सम्झन्छ …....🤧🤮ए अन्टि !! ए दिदि !! म बर्बाद भए, मेरो सबथोक सकियो, मेरो सबै सामानहरु चोरी भयो...... ऊ मूर्छित अवस्थामा रुँदै कराउँदै बाहिर आउछ बाहिर न छिमिकी हुन्छन्, न त घरबेटी नै, सबै कता गए कता ?? रामले त्यो अवस्थामा धैर्य गर्दै आफुलाई सम्हाल्दै उ तत्कालै प्रहरी कार्यालय गएर प्रहरी बोलाएर अनुसन्धान काम सुरु हुन्छ, प्रहरी टोली अाउछ, मुचुल्का उठाउने, टिपोट टिपाउने काम सकिसके पछि प्रहरीहरु फर्किन्छ, साँझ सुत्ने बेलामा राम सँगैको छिमेकीको कोठामा मान्छेको घुईचो हुन्छ,  रामको कोठा चोरी भएको छ; छिमेकीले मान्छे ल्याउछन्? कस्लालाई दोष दिनु? संगै जोडिएको कोठा रहेको १८ वर्षको केटोलाई त्यत्रो ढोकाको चाबी र दराज फोरेर चोरी गर्दा थाह नहुने हुन्छ र? चोरलाई आँखा अगाडि देखेर पनि रामलाई किन तत्काल खबर गरेन ? १२:४५ मा चोरेको देखेर किन चिच्याएन? सधै ढोका लाउनु है भनेर बाहिर जाने  छिमेकी त्यो दिन किन ढोका खुल्लै पारेर गए? चेरी भएको थाह पाउने बित्तिकै घरबेटी किन रामको कोठामा नपसि सिधै माथी गए? अघिल्लो दिन सम्म संगै उठबस गर्ने छिमेकी किन टाढा हुँदै गए? ... त्यहाँ ठुलै गिरोह मिलेर रामको कोठा चोराएका हुन् तर प्रमाण केही छैन? कसलाई दोष दिने? रामले प्रहरीलाई धेरै हार गुहार गर्दा पनि खासै महत्व दिदैन्न, उनिहरुले पनि थोरै सुराक नमिली कसरी अनुसन्धान गरुन? उ अपराध महाशाखा पनि गुहार माग्न पुग्छ, कसैले केहि सहयोग नगरे पछि उसलाई संगठन प्रति लज्जा र हिनताबोध हुन्छ । रामको कोठाबाट १० लाख बरावरको धनमाल र नगद चोरी भएको हुन्छ । भोलि पल्टबाट चोरको केहि सुराक मिल्छ कि भन्ने आसले खाजा नास्ता नखाई अहो रात्र खटिन्छ.... तर बिडम्बना रामलाई न भगवानको साथ हुन्छ, न प्रहरी संगठनको नै, होटलको cc camara, डेरीको cc camara, कलेजको cc camara, बुक पसलको cc camera,  mobile पसलको cc camera, प्रहरीको cc camara केहीबाट नि उसलाई साथ मिल्दैन........… उ धेरै निरास हुन्छ, उसको रातको निन्द्रा भोक प्यास सवै हराउँछ, त्यो ठाउमा एक्लै बस्न पनि उ आफुलाई असुरक्षित फिल गर्छ र केही समय पछी राम श्रीमती सहित आफ्नै घर फर्कन्छ ।

Post a Comment

Previous Post Next Post