सुरुवातमै विनाशकारी कोरना भाइरसको कारणले गर्दा भएको लकडानबाट सुरुवात भएको 2077 साल समग्रमा मेरो व्यक्तिगत जीवन मा ठूलो उथलपुथल र परिवर्तनकारी रहन गयो । जिवनमा केही राम्रा घटनाहरु घटे भने केही कहालीलाग्दो अतुलनिय क्षतीको सामना गर्नुपर्यो । यो सालमा दक्षिणकाली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट जिल्लाको विभिन्न ऐतिहासिक एवं महत्त्वपूर्ण स्थानहरूको भ्रमणको अवसर मिल्यो, स्वास्थ्य अवस्था सामान्य रह्यो ।
कडा लकडाउनको समयमा पनि छोटो र व्यवस्थित तवरबाट सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि बैवाहिक कार्यक्रम सम्पन्न भयो, जीवनसाथीको आगमनसँगै म लगायत परिवारजनमा हर्ष उल्लास र खुशी प्राप्त भयो, जागिरमा स्तरोन्नति र सोही स्थानमा दरबन्दी कायम समेत भयो, साथै सालको अन्तिमतिरबाट व्यवसायिक जीवनमा केही सहजता समेत महसुस हुन गयो । घरपरिवारमा, छरछिमेकमा, आफन्तजनमा मेरो धर्मपत्नीको तारिफ र उसले म प्रति गर्ने मायाको कारण मन प्रफुल्लित हुन गयो। आमा बुबा बाट असिम माया, मार्गदर्शन तथा भाइबहिनीहरू बाट प्राप्त सहयोगको कारण केही समस्याहरु सामाधान हुँदै गए ।
अनिष्ट र ठूलो आर्थिक संकटबाट सुरुभएको यो सालमा आश्विन महिनामा पूजनीय काकीको अल्पायुमै स्वर्गारोहण हुन पुग्यो, कोरोना भाइरसको त्रासबाट ग्रसित हुँदै ठूलो जोखिमका बीचमा पनि आफ्नो कर्तव्यपालना गरियो । भाद्र महिनाबाट आमाको हड्डी खिइने समस्याको कारण उहाँले धेरै पिडा भन्नुपर्यो । पुस महिनाको दोस्रो हप्ताको सुरुवातमा कहालीलाग्दो र अतुलनीय आर्थिक क्षतिको सामना गर्नुपर्यो, अनुसन्धानका हरेक क्षेत्रमा समस्या अड्चन र संगठनको असहयोगको कारण शंकित व्यक्तिलाई समेत कुनै पनि कानुनी दायरामा ल्याई अनुसन्धान गर्न असहज परिस्थिति सिर्जना भयो । स्थान परिवर्तनको लागि धेरै समय समय खर्चिनु पर्यो । चैत्र महिनाको दोस्रो नजिकैको काकाको रुख काट्दा लागेर अल्पायुमै ज्यान गुमाउनु पर्यो त्यसले गर्दा अत्यन्त दुखि र मर्माहित तुल्यायो ।
तपाईंहरुको जिवनमा कहिल्यै दुख, कष्ट, अन्याय नहोस् सधै हाँसि खुसी र हर्षउल्लासका साथ बितोस् २०७८ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।