पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । विज्ञान र प्रविधिको विकाससगैं साईबर अपराधको पनि विकसित भएको छ । साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क वा ईन्टरनेट, ईन्ट्रानेटको, एक्ट्रानेट प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । इन्टरनेटको सहि सदुपयोगले टाढा टाढा रहेका मानिसहरुलाई एक आफसमा जोड्ने काम गरेको छ तर यसैकै दुरुपयोग हुँदा सम्बन्ध बिच्छेद, चरित्र हत्या, आत्माहत्या र घर परिवार नै तहस नहस भएको यथार्थ पनि छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पुर्ती गर्नेहरुको विगविगि केही बर्षयता ह्वात्तै बढेको छ । जस्तै वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ ह्याक, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी, फेक एकाउन्ट खोली पैसा असुली, भाईबर/मेसेन्जर/ह्वाट्सएपमा कल गरेर लट्री पर्यो भनि ठग्ने लगायत अन्य धेरै घटनाहरु छन् जुन साईबर क्राईम अन्तर्गत पर्दछ ।
साईबर सुरक्षा भनेको प्रविधिसँग मात्रै सम्बन्धित कुरा होइन यो त मानवीय व्यवहारमा समेत भर पर्दछ । कसैले प्रविधिको सहि प्रयोग गरेर लाभ लिन्छ त कोही अनाधिकृत रुपमा मानवीय स्वार्थबाटै परिचालित हुन्छ। त्यसकारण साईबर सुरक्षाको लागी मानिस आफैले ह्युमन फायरवाल बनाउने अवधारणा आएको छ । एउटै व्यक्तिको धेरै एकाउन्ट आवश्यक नभएमा खोल्न हुँदैन ।कसैले पेनड्राइभ दियो भने कम्प्युटरमा जोडिहाल्नु भएन। कुनै नचिनेको ठेगानाबाट इमेल आएको छ भने त्यसलाई डाउनलोड गर्नु भएन। कुनै लिंक आएको छ भने अर्को ब्राउजरबाट मात्रै खोल्नुपर्यो। कार्यस्थलमा कोही साथी आएको छ भने ऊ बस्दाबस्दै कम्प्युटर खुला नै छाडेर निस्किने गर्नु भएन । यस्ता स-साना कुरामा ध्यान दिनुपर्छ।
यसका साथै मैले पढेको,भोगेको र जानेका केहि टिप्स हरु यहाँ हरुलाई सियर गर्न चाहान्छु, ता की भोली हजुरहरुलाई पनि साईबर आक्रमण नहोस् ।
- पासवर्ड क्यापिटल र स्मल अक्षर, नम्बर र सङ्केत चिन्ह मिसाएर राख्नुहोस। सकभर शब्दकोशमा नएका पासवर्ड चयन गर्नुहोस् र सामाजिक सञ्जालमा अनिवार्य 2-Step Verification राख्नुहोस् अनि आफ्नो पासवर्ड , मोबाईल तथा मेलमा आउने OTP कोड कसैलाई नभन्नुहोस्।
- कसैलाइ पनि (प्रेमी प्रेमिका, श्रीमान श्रीमती, साथी वा अन्य कोही) कुनै पनि अवस्थामा आफ्नो नग्न वा अर्धनग्न वा अरूलाई देखाउन नमिल्ने तस्बिर/भिडियो मेसेन्जर वा इन्टरनेटमा कुनै पनि हालतमा नपठाउनुहोस् ।
- आफ्ना उपकरणलाई भाइरस र अन्य हानिकारक सफ्टवेयरबाट बचाउनुहोस् । यसका लागि जे पायो त्यही डाउनलोड र इस्टल नगर्नुहोस्, अरूको पेन ड्राइभ प्रयोग नगर्नुहोस्, इमेलमा आएका एट्याचमेन्ट नखोल्नुहोस्
- चिठ्ठा पर्यो भन्ने लोभमा नगर्नूस् । तपाईँलाई नकिनेको चिठ्ठा पर्दैन, यदि सामाजिक संजालमा झुटा फोन कल वा मेल आएमा खोल्दै नखोल्नूस र नपत्याउनुहोस् । हाल पच्सिसलाखको लट्री पर्यो भनि ठग्नेको बिबबिगी छ सजग बन्नुहोस् ।
- फेसबुक, भाईबर, ईन्स्टाग्राम जस्ता सामजिक संजालहरुमा अरुले पठाएको लिङ्क सहितको म्यासेज वा भिडियो खोल्नु पुर्ब विचार पुर्याउ, सकभर नखोलौ किनकी तपाईले त्यो लिङ्कमा थिच्दा ह्याकरले सजिलै तपाईको पासवर्ड पत्ता लगाउन सक्छ र तपाईको एकाउट ह्याक हुनसक्छ ।
- इन्टरनेटमा राखिएका पोष्ट वा गरिएका म्यासेजहरुलाई पूर्ण रूपमा हटाउन सकिदैन त्यसैले इन्टरनेट वा सामाजिक सञ्जाल वा मेसेन्जरमा केही कुरा लेख्दा वा तस्बिर भिडियो राख्दा सोच्नुहोस्: यो कुरा सार्वजनिक हुन पनि सक्छ ।
- Free Wifi पाइयो भन्दैमा खुशी नहुनुहोस् । सार्वजनिक Wifi बाट तपाईँको व्यक्तिगत तथ्याङ्क, अन्य जानकारीहरू र गोपनीयता भङ्ग हुने सम्भावना रहन्छ । सकेसम्म free wifi नचलाउनुहोस् र चलाएपनि त्यहाँबाट सम्वेदनशील कुराहरू आवश्यक पर्ने साइटहरू नचलाउनुहोस् ।
- इन्टरनेटमा डाटाहरु साधारणतया गोप्य हुँदैन तापनि अरुले थाह नपाओस भनेर समयसमयमा History Clear गुर्नु पर्छ ।
- कम्प्युटरमा रहेका तथ्याङ्क वा फाइलहरु कुनै पनि बेला नष्ट हुनसक्छन वा भाइरसले आक्रमण गर्न सक्छ। त्यसले गर्दा कम्प्युटरमा रहेका महत्वपूर्ण फाइलहरुको प्रतिलिपि कम्प्युटरबाहिरको कुनै यन्त्र (पेन ड्राइभ वा हार्ड डिस्क) मा राख्नु उपयुक्त हुन्छ।
- बालबालिकालाई इन्टरनेटका खराब पक्षबाट बचाउनुहोस्: प्रविधि सिक्नुहोस् र सिकाउनुहोस्, उनीहरूलाई सही र गलत प्रयोग सिकाउनुहोस्, खुला छलफल गर्नुहोस् र उनीहरूको प्रयोगबारे ध्यान दिनुहोस्। जथाभावी तस्बीर भिडिओ नहाल्नुहोस्।
यसका साथै नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको सूचना समेत निम्न छ

