![]() |
आँगनको डिलमा बसेर दाँत फुस्केकी आमा मुसुमुसु मुस्काउँदै मोबाईल पोल्टामा राख्छिन्..... हिजो भारतमा पढ्न गएको छोराछोरीको हालखबर थाहा पाउन महिनौं चिट्ठी कुरेर बस्नु पर्दथ्यो, टेलिफोन आएसँगै गाउँमा रहेको नजिकको पसलबाट कहिलेकाहीँ छोरासँग कुरा हुन्थ्यो तर आज आफ्नै हातमा स्मार्टफोन छ । फोनको अरु Function चलाउन नआएपनि 'रातोले काट्ने र हरियोले उठाउने ' यो चाहिँ आमालाई कण्ठै रैछ । छोराछोरीले घरमा internet जोडिदिएका छन्, "समय-समयमा उतैबाट कल गर्छन्, कहिलेकाहीँ आफैंले call गर्नुपर्यो भने फोटोको छेउमा थिच्ने, त्यसपछि माख्लोपट्टी दाहिने तिर रहेको तिन ओटा चित्र मध्ये बिचको क्यामरा जस्तोमा चित्रमा थिच्ने अनी फोन जान्छ" मलाई प्रक्रिया बताउँदै आमा मुसुक्क हाँस्छिन्......
यो त एउटा उदाहरण मात्रै हो, धेरै गाउँमा बस्ने ग्रामीण महिला खाडीमा बसेर पसिना बगाइरहेका आफ्ना श्रीमानसँग भिडियोमार्फत कुरा गर्छिन् , दुर्गम स्थानमा रहेका बुबा आमा पनि उच्च शिक्षा तथा रोजगारीको लागि विभिन्न स्थानमा पुगेका आफ्ना छोराछोरीसँग video call मा दुःख सु:ख साटासाट गर्दै आइरहेका छन्, प्रविधिको विकासले टाढा टाढा रहेका आफन्त, साथीभाई, छर-छिमेक तथा परिवारजनलाई एक बनाई सामाजिक सद्भाव भाइचारा र आत्मीयता प्रगाढ बनाउने गरेको छ । यसरी भएको सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरीसमेत कम गरिदिएको छ । सोहि कारण छिटो-छरितो रूपमा सूचना आदानप्रदान गर्न सकिने भएको छ ।
सुचना तथा संचार प्रबिधिको बिकास निकै तिब्र गतिमा भैरहेको छ । अबको भबिश्य पुरै प्रबिधिमा निर्भर नहोला भन्न सकिन्न । प्रबिधिको उच्चतम प्रयोगबिना अबको बिश्वब्यापी बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन हुने लगभग निस्चित नै छ । पछिल्लो समय नेपालमा बैंकिङ्ग क्षेत्रमा समेत प्रबिधिको व्यापक प्रयोग हुँदै आएको छ । मोबाइल बैंकिङ, ई-बैंकिङ, debit card, credit card बाट सामान खरिद गरे पश्चात भुक्तानी दिइने तथा आर्थिक कारोबारहरु Sharing गर्ने परिपाटिको बढोत्तरीका कारण मानिसहरुले खल्तीमा पैसा बोकेर हिँड्न छाडिसके छन् जसलाई बिभिन्न बैंकहरुले प्रदान गर्ने mobile banking, internet banking का साथै QR code scanning, connect IPS, eSewa, phone pay, IME pay, Parbhu Pay, Khalti को माध्ययमबाट सरकारी राजस्व तिर्न, बिमा रकम तिर्न, बस/प्लेन/केबुलकारको टिकटकाट्न, सिनेमा हल/ होटेल बुकिङ्ग गर्न, विद्युत महशुल तिर्न, टेलिफोन सेवाको रकम तिर्न, विद्यार्थीहरुले विद्यालयमा बुझाउनुपर्ने रकमहरु तिर्न लगायतका कारोवारहरुमा सहज भएको छ । काठमाण्डौं उपत्यकामा त झन् Pathao, Tootle, Sarathi, Taximandu जस्ता Application मार्फत सहजै आफुलाई चाहेको सवारी साधन तुरुन्त बुकिङ्ग गरी केही मिनेटमै आफ्नै लोकेशनमा बलाउन सक्नेछन् । त्यस्तै कुनैपनि सामानहरु किन्न तथा आफुसंग भएका सामानहरु बिक्रि गर्न Hamrobazar, Daraz, Ebay, Sasto deal, EKirana, Epasal जस्ता Software हरुले सहज बनाई दिएको छ । यसका साथै पसल/जग्गा/घर/आफुले प्रयोग गरेका सामाग्री/आफ्नो सिप वेच्न तथा किन्नको लागि यस्ता Site हरुले सहज बनाएको छ ।
काम नभएर फुर्सदमा रहेका व्यक्तिलाई समय बिताउन Facebook, YouTube, Tiktok, Viber, WhatsApp, IMO, WeChat, Snapchat, Bigo, Tinder, Twitter लगायतका Application हरुले सहज बनाएको छ। हाल पहिलाको जस्तो समय बिताउन कठिन हुने अवस्था नै छैन् यदि तपाईसंग एउटा स्मार्ट फोन र ईन्टरनेटको पहुँचमा हुनुहुन्छ भने । त्यस्तै Online Dictionary, Wikipedia, Google Translator, E-library का साथै अन्य विभिन्न educational वेबसाइटहरुले मार्फत विद्यार्थीहरुले आफूलाई नजानेको कुरा सहजै पढ्न बुझ्न सक्छन्। Covid 19 को महामारी संगै भएको लकडाउनका कारण शिक्षा क्षेत्रमा समेत GoToMeeting, Zoom Cloud Meeting, Google Team, Skype आदिको माध्यमबाट Virtual Class हुँदै आएको छ ।
सबै मानिसले प्राबिधिको उचित रुपमा प्रयोग गर्छन् भन्ने छैन, प्रविधीको प्रयोगमा भएको बृद्धि संगै त्यसबाट हुने अपराधमा समेत बृद्धी भएको देखिन्छ । पहिला मान्छेलाई नै मारेर, लुटेर, कुटेर चोरी गर्थे भने अहिले प्रबिधिको प्रयोग गरेर गरिने चोरीको घटनाहरु बढ्दै गएको देखिन्छ । यसको सहि सदुपयाेग गर्न नसक्दा धेरै को घरबार समेत तहसनहस भएको छ । श्रीमान्/श्रीमती बिबिध कारणले देश तथा बिदेशमा छुटिएर बस्नु पर्ने बाध्यताले गर्दा एक्लोपनको महसुस गरि परिचित/अपरिचित व्यक्तिलाई साथी बनाई रिलेशनमा रहने र पछि त्यही साथीले Blackmail गरी घरको न घाटको बनाई आत्मा हत्या समेत गर्न पर्ने परिस्थिति सिर्जना भएको घटना हामी सामु ताजै छ । त्यस्तै नेपालका अपरिपक्क पत्रकार, Youtuber र Tiktok प्रयोगकर्ताहरुले आफ्नो Views, comments, Like बढाउनको लागी हदै सम्म गिरेर अरुको चरित्रहत्या र सार्वजनिक बेइज्जत समेत गर्दै आईरहेका छन्। बालबालिकाहरु पहिला जसरी साथीभाई संग खेल्ने, उफ्रने, हिड्न छोडिसके अहिले एउटै कोठामा बसेर घण्टौ मोबाईल चलाउने क्रम बढ्दै गएको छ, जसको प्रतक्ष असर बालबालिकाहरुलाई भबिष्यमा पक्कै पर्न सक्छ । बालबालिकाहरुलाई Online Class को लागी Mobile दिनु पर्ने बाध्यता अविभावकहरुलाई छदै छ, सोही Class लिई रहेको बिश्वास गर्ने तथा प्रत्यक्ष रुपमा रेखदेख गर्न नसक्ने ब्यक्तिका बालबालिकाहरु साथिहरुको लहलहीमा लागेर PUBG, Free Fire जस्ता Online Game को माध्यमबाट पैसा, समय, स्वास्थलाई समेत प्रत्यक्ष रुपमा असर पुर्याईरहेका छन् ।
केही प्रबिधिजन्य अपराधहरु निम्न छन्:-
- सामाजिक सञ्जालको माध्यमबाट चरित्रहत्या
- sexual harassment
- Email and internet fraud
- Create Fake Account
- Theft of financial or card payment data
- Theft and sale of corporate/personal data
- Ransomware attacks
- WhatsApp, Viber, Imo मा लट्री/चिठ्ठा परेको प्रलोभन देखाई, Sexual Chat को प्रलोभन देखाई पैसा माग्ने
- अरुकै फोटोमा शरिर/टाउको जोडि सामाजिक संजालमा पठाई पैसा माग्ने
- Facebook Page वा Online Shopping गर्दा झुटो बिज्ञापन देखाई कमसल सामान Deliver गर्ने
- Fake Account मार्फत वा ID Hack गरी आफन्त तथा साथीभाईसँग पैसा माग्ने
- Pubg, Free Fire जस्ता Online गेमहरुमा UC, Dimond, Level Upgrade को प्रलोभन देखाई तेस्रो ब्यक्तिसंग ID किनबेच गर्ने
- सम्बन्धमा रहँदा भएका क्रियाकलापहरुलाई सम्बन्ध बिग्रदा सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरिदिने
- अपरिचित ब्यक्तिले फोन गरी OTP कोड माग गरी Mobile Banking/Online Payment मार्फत आफ्नो खातामा रकम Transfer गर्ने
- अश्लिल फोटोहरु Chat मा तथा Public Post गरि अरुको बदनाम तथा चरित्र हत्या गर्ने ।
यी त नेपालमा भएका केही सामान्य अपराधहरुका उदाहरणहरु मात्र हुन् जुन घटनाहरु हाम्रो ब्यक्तिगत जिबनमा नघटोस् भनेर समयमै सजग हुनु आवश्यक छ । 'prevention is better than cure' घटना पछि कानुनी उपचार खोज्नु भन्दा त्यस्ता घटना समयमै हुन नदिई सजग बन्न आवश्यक छ । जसका लागी आफुले जाने बुझेका केही सामान्य टिप्सहरु निम्न छन्:
- सामाजिक संजालमा अपरिचित व्यक्तिसँग personal information हरु सेयर नगर्ने
- सम्बन्धमा रहेको ब्यक्तिमा वा श्रीमान् श्रीमती बिचमा समेत हुने गोप्य कुराकानी तथा फोटो भिडियो सामाजिक संजाल मार्फत एक अर्कालाई Sharing नगर्ने
- महत्वपूर्ण information, Bank Detail, OTP code कसैलाई पनि नदिने/नभन्ने
- असम्बन्धित लिंकहरु खोल्दै नखोल्ने
- असम्बन्धित साईटहरुमा आफ्नो इमेल सम्पर्क नम्बर, Bank Detail नराख्ने
- कुनैपनि lottery चिठ्ठा फारम नभरिकन पर्दैन यस्ता कुरा विश्वास नगर्ने/आफ्नो Detail नदिने
- ठगि गर्नेको तरिका नयाँ नयाँ हुन सक्छ, आफुले के गर्दैछु एक पटक सोच्ने, सोध्ने र निर्णय लिने
- यदि कुनैपनि कारणबाट आफू अपराधको सिकार भएमा उच्च मनोबल राखी धैर्यताको साथ कानूनी उपचारको लागी सम्बन्धित निकायमा जाने ।
अपराध हाम्रै लापर्वाही/हेलचेक्राईको कारण हुने हो, आफू समयमै सजग भएमा पछि पछुताउनु पर्दैन । अरुलाई बदनाम गराएर, गिराएर, होच्याएर कोही मान्छे माथी पुग्न सक्दैन्। केही क्षणको प्रलोभन/आवेश/रिस/चहाना/स्वार्थ/ले पछि जेल जिवन भोग्न पर्ने र भबिष्यमा नै सरकारी सेवाको लागि अयोग्य बन्न सकिन्छ । अरुलाई रुवाएर कमाएको धनले क्षणिक संतुष्टित देला तर भबिष्यमा दर्दनाहक पिडा सहनु पर्छ। बालबालिकाहरुमा हाल Online Game को कारण सामजिक संजालमा ID को किनबेच, बुबाआमाले दुख गरेर जम्मा गरेको पैसा उडाउने, धम्काउने, तर्साउने, ID Hack गर्ने तथा अन्य प्राबिधि जन्य अपराधमा संलग्न हुने भएकाले आफ्ना Parents हरुले समय समयमा निग्रानी गर्ने तथा उचित सल्लाह सुझाब दिन सकेमा गेम खेलेर बस्ने लाखौं बालबालिकाहरुको भबिष्य उज्जवल बन्न सक्छ । तिनिहरुलाई Educational Sites, YouTube Channel मार्फत ज्ञान बढाउने तर्फ प्रेरित गर्न आवश्यक छ । हामी समयमै सजग भए प्रविधि मार्फत हुने अपराधहरूबाट आफू त बच्न सकिन्छ नै अरुलाई पनि सजग बनाउन सकिन्छ ।
Thank You for Reading !

आँगनको डिलमा बसेर दाँत फुस्केकी आमा मुसुमुसु मुस्काउँदै मोबाईल पोल्टामा राख्छिन्..... हिजो भारतमा पढ्न गएको छोराछोरीको हालखबर थाहा पाउन महिनौं चिट्ठी कुरेर बस्नु पर्दथ्यो, टेलिफोन आएसँगै गाउँमा रहेको नजिकको पसलबाट कहिलेकाहीँ छोरासँग कुरा हुन्थ्यो तर आज आफ्नै हातमा स्मार्टफोन छ । फोनको अरु Function चलाउन नआएपनि 'रातोले काट्ने र हरियोले उठाउने ' यो चाहिँ आमालाई कण्ठै रैछ । छोराछोरीले घरमा internet जोडिदिएका छन्, "समय-समयमा उतैबाट कल गर्छन्, कहिलेकाहीँ आफैंले call गर्नुपर्यो भने फोटोको छेउमा थिच्ने, त्यसपछि माख्लोपट्टी दाहिने तिर रहेको तिन ओटा चित्र मध्ये बिचको क्यामरा जस्तोमा चित्रमा थिच्ने अनी फोन जान्छ" मलाई प्रक्रिया बताउँदै आमा मुसुक्क हाँस्छिन्......