घरायासी उपकरण तथा त्यसको संरक्षण

बैज्ञानिक क्षेत्रमा भएको अलौकिक परिवर्तनसंगै मानिसहरुको व्यवसायिक जिवनमा समेत धेरै परिवर्तन भएको पाईन्छ, पाँचौ पुस्ताको प्रबिधि (5G Technology) को विकासले घरायासी विद्युतिय उपकरणहरुमा द्रुतत्तर विकास भईरहेको छ । आज हामी धेरै भन्दा धरै आधुनिक उपकरणहरुको प्रयोग गरिरहेका छौ, घरेलु उपकरण एक विशेष प्रयोग वा कार्यको लागि डिजाइन गरिएको उपकरण हो जुन उपकरणहरु बिद्युतिय वा मेकानिकल दुबै हुन सक्छन् जसलाई ब्यक्तिगत जिवनको सरल यन्त्र भन्दा पनि फरक पर्दैन ।


Ø कपडा धुनको लागि Washing machine, त्यहि कपडा सुकाउनको लागि Dryer Machine र कपडालाई चटक्क बनाउनको लागी Iron को प्रयोग गर्दछौ ।
Ø भान्सामा खाना बनाउनको लागी ग्यास स्टोभ, राईस कुकर, ईण्डक्शन चुलो, ईलेक्ट्रिक हिटरको प्रयोग गर्दछौ ।
Ø खानाहरुलाई चिसो तातो बनाउनको लागी माइक्रोवेभ ओभन, फ्रिज-फ्रिजरको प्रयोग गर्दछौ ।
Ø घरमा सामान्य मसलाहरु पिस्नको लागी ह्यान्ड मिक्सर, घोल्नको लागि ब्लेण्डर, जुस बनाउनको लागी जुसर, टोस्ट बनाउनको लागि टोस्टर, कफि बनाउनको लागी कफी मेकर, रोटी पकाउन रोटी मेकर/सेलरोटी मेकर, घिउ बनाउनको लागि ईलेक्ट्रिकल महदानीको प्रयोग गर्दै आएका छौ ।
Ø पानी तताउनको लागि डिस्पेन्सर, ईलेक्ट्रिक कित्ली,गिजर, भाडा माझ्नको लागि डिस वासरको समेत प्रयोग गर्छौं
Ø कोठालाई न्यानो बनाई राख्नको लागि पंखा, एयर कन्डिशन, तताउने प्याड, फ्यान, तातो बनाउने हीटरको प्रयोग गर्दछौ
Ø कोठा सरसफाईको लागि भ्याकुम क्लीनर, विपर, बुमर जस्ता उपकरणहरुको प्रयोग गर्दछौ
Ø व्यक्तिगत हेरचाहको लागि हेयर ड्रायर, कर्लिंग आईरनका साथै शारिरिक कसरतको लागि ट्रेडमिल, साईक्लिङ, शरिरको क्यरिङ/मसाज गर्ने ग्याजेटहरुको समेत प्रयोग गर्दछौं ।
Ø कतिपय ब्यक्तिहरुको घरमा त झन यसका साथै अन्य एडभान्स उपकरणहरुको व्यापक प्रयोग भएको पाईन्छ ढोका खोल्न वा बन्द गर्नको लागि फेस/फ्रिङगर प्रिन्ट/कार्ड अनलक सिष्टम, अटोमेटिक खुल्ने/बन्द हुने, धारामा, कम्बोर्डमा, हेण्ड वएरमा, बत्तिहरुमा समेत  सेन्सरहरुको प्रयोग गरिएको हुन्छ ।
Ø Thermometer, Stethoscope, Blood glucose meter, Pulse oximeter, Weight scale, Blood pressure monitor जस्ता मेडिकल साधारण उपकरणहरुको समेत घरमा प्रयोग गर्दछौं
Ø केहि मेकानिकल उपकरणहरु जस्तै भेजिटेवल चपर, पिठो मुस्ने मेशिन, चपिङ मेशिनहरुको समेत प्रयोग गर्दै आईरहेका छौं ।


यस्ता उपकरणहरुको प्रयोग गर्नुमात्र ठूलो कुरा होईन, यसलाई सहि तरिकाले प्रयोग गर्ने र समय समयमा मर्मत संभार गरि बचाई राख्नु नि हाम्रो कर्तव्य हो । हामीले घरमा नै मर्मत संभार गर्न सक्ने उपकरणहरुलाई बाहिर महगो तिरेर मर्मत गराउनु उचित हुँदैन, मल्टिमिटर, सोल्डरिङ आईरन, टुलसेट, स्क्रु डाईभर, टेप, वाएर ईष्टिपर, केबल टेस्टर जस्ता मर्मतको लागि उपयोगी सामान्य उपकरणहरु खरिद गरी आफ्नो घरमा राखि आफैले तत्काल सामान्य मर्मत संभार गर्न सकिन्छ, जसका लागि सामान्य प्राविधिक ज्ञान पनि एथेष्ट हुन्छ ।



“It is not a big thing to get, it is a big thing to save”

Post a Comment

Previous Post Next Post