शिक्षामा प्रबिधिको प्रयोग तथा अपनाउनु पर्ने सावधानी

हाल विश्व सम्प्रदायमा बाल मनोविज्ञान अनुसार उनीहरुलाई रमाईलो बातावरणमा शिक्षा प्रदान गर्ने अभ्यास भईरहेको छ । आधुनिक शिक्षण विधिमा कम्प्युटर, मल्टिबोर्ड, प्रोजेक्टरबाट पठन पाठन सुरु भैसकेको छ साथै मोबाईल एप तथा सफ्टवेयरको प्रयोगबाट अध्यायन अध्यायपन गर्ने अभ्यास पनि बढ्दै गएको छ । यस्ता प्रविधिमा आधारित साधनहरुको प्रयोगले पढाई र बुझाईलाई मात्र सहज गरेको छैन सिर्जनात्मक क्षमता विकास र सशक्त प्रस्तुतिलाई पर्दशन गर्न समेत सहयोग पुगेको छ । जसकारण शिक्षकहरुलाई पढाउन सहज हुनुका साथै पढाईमा विद्यार्थीको रुचि पनि बढेको हुन्छ ।

यसरी विश्वजगतमा भईरहेको नयाँ विकासको खोज, नयाँ शिक्षण विधिको प्रयोगले शिक्षा क्षेत्रमा थप प्रभावकारिता कायम भएको छ । प्राविधिको प्रयोगबाट विद्यार्थी, अभिवावक र शिक्षकहरु बिचको पारस्पारिक सम्बन्धलाई सन्तुलित राख्न समेत मद्धत पुगेको छ । शैक्षिक संस्थाको प्रमुखले आफ्नै मोवाईल मार्फत विद्यालयको आय-व्याय, विद्यार्थी, शिक्षक, कर्मचारीको हाजिर, विद्यार्थीको गृहकार्य, उनीहरुका गतिविधि सबै हेर्न, अनुगमन गर्नुका साथै उचित नीति निर्देशन समेत दिन सक्छन् । विद्यालयले लिने परीक्षा, परीक्षाको नतिजा, प्रमाणपत्र वितरण तथा शैक्षिक सामाग्री वितरण, अभिभावकहरुको मिटिङ तथा बिद्यालयबाट हुने बिभिन्न नीति निर्देशनहरुलाई मोबाईल एप्सको Notification मार्फत पठाउन सकिन्छ । अभिभावकले मोवाईबाटै छोरा छोरी कहाँ छन्, स्कूलको बस कहाँ छ भनेर जानकारी लिन सक्छन् ।

नयाँ प्रबिधिको प्रयोग गरेर बिद्यार्थीहरुलाई सिकाउँदा उनिहरुको पढ्ने र सम्भने क्षमता पनि बढ्छ । My Second Teacher, E-Paath, E-Pustakalaya, Neema Academy, Midas eClass, Mero School, Kullabs जस्ता Online Platforms मार्फत बिद्यार्थीहरुले आफ्नो समय मिलाएर थप ज्ञान समेत मोबाईल मार्फत नै हाँसिल गर्न सक्छन् । सामाजिक संजाल (मेसेन्जर, भाईबर, ह्वाट्एप) मार्फत ग्रुप बनाई संस्थाको सूचना सम्प्रेषण, शिक्षकले पढाएका नोट तथा मल्टिमिडियाहरु, नबुझेका बिषयबस्तुहरु shearing गरेर समेत पढ्न सक्दछन् । यसबाट समय र लागत दुबैको बचत हुन्छ ।

प्रबिधि हामीसंग भएर मात्रै पनि हुँदैन यसको सहि तरिकाबाट प्रयोग गर्न सकिएन भने भोली हाम्रो बालबालिका, बिद्यालय तथा अबिभाभकलाई समेत गम्भिर संकट पर्न सक्छ । सबै मानिसहरुले प्रबिधिको सहि तरिकाले प्रयोग गरेका हुँदैनन् कोही त्यस्ता गलत मानसिकता भएका मानिसहरुको हातमा हाम्रो सूचनाहरु चुहावट हुनबाट जोगाउन software हरु सकेसम्म Paid Versions को प्रयोग गर्ने, समय समयमा Update गर्ने, Anti-virus तथा Firewall हरुको प्रयोग गर्ने कार्य सम्बन्धित शैक्षिक संस्थाहरुले गर्नु पर्दछ । यसका साथै अभिभावकहरुले आफ्ना बालबालिकाहरुको कुरा सुन्ने, भावनाहरु बुझन्ने, समय समयमा चेकजाँच र उचित सल्लाह दिन सकिन्छ । बालबालिकाहरुलाई ईन्टरनेट कुलतको रुपमा नभई भविष्य निर्माण गर्ने बाटोको रुपमा लिन अभिप्रेरित गराउनु तपाई हाम्रो कर्तब्य हो । यथार्थ परक एउटा घटना हेरौः-

कोरोना महामारीको कारण बिद्यालय बन्द भई सकेपछि मेरो घर नजिकैको १९ बर्षको एकजना नानी दिनमा १५/१६ घण्टासम्म पनि मोबाइल चलाइरहे पछि उसका आमाबाबु आजित भएर घरमा इन्टरनेट नै बन्द गरिदिए, घरमा नेट नभएपछि उनि नजिकै रहेको दिदिको घरमा गएर नेट चलाउन थालिन तर पहिलाको दाँजोमा एकदमै थोरै चलाउन पाएपछि उनी घरमा झर्कीफर्की गर्ने भाडा फाल्ने, कोठामा चुकुल लगाएर एक्लै बस्ने, पाहुनापाछा आए भने पनि नबोल्ने गर्न थालिन उनको अधिकांश समय PUBG, Free fire, फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्चालमा कोठाभित्रै मोबाइल चलाएरै बित्थ्यो, आमाबुवाले कुरा गर्दा पनि नजिक नपर्ने र कोठामा चुकुल लगाएर बस्थिन्। इन्टरनेटको कुलतकै कारण प्लस टु सकेर उनले स्नातक पढ्ने चाह देखाइनन् । यस्ता कुराले ती किशोरीको भविष्य त रोकिन्छ नै यो भन्दा पनि घातक त ईन्टरनेट कुलतको रुपमा रहन्छ ।

हामीले सबैभन्दा पहिला ईन्टरनेटको गलत प्रयोगले कुलतमा फसाउन सक्छ भनेर आफू र आफ्ना बालबालिकाहरुलाई नियन्त्रण गर्ने, बच्चाले तपाईँको मोबाइल वा कुनै पनि ग्याजेट प्रयोग गर्छ भने त्यसबाट गेमहरू हटाइदिने, विद्यालयले बिद्यार्थीको गतिविधिहरुको उचित रेखदेख तथा निर्देशन दिने, लामो समय सम्म online class हरु संचालन नगरी बिच-बिचमा ब्रेक पनि दिने र सबै कुरा ईन्टरनेटमा मात्र खोजेर पढ्ने कुरालाई निरुत्साहित गर्ने, अभिभावकहरुले बालबालिकाहरुले मोबाईल चलाउँदा कस्ता वेवसाइटहरू चलाइरहेका छन् त्यसको निगरानी गर्ने, आफ्ना बालबालिकाहरुसंग समय व्यतित गर्न सकियो भने भोली पछुताउनु पर्ने  अवस्था पक्कै नआउला


“प्रबिधि हाम्रो हातमा छ तर त्यसको दुरुपयोगले हामी आफु स्वमं अरुको नियन्त्रणमा पुग्न सक्छौ”

Post a Comment

Previous Post Next Post