हुण्डि कारोबार र अनलाईन ठगी

 

प्रविधिको विकाससंगै ईन्टरनेट प्रयोगकर्ताहरु पनि दिनानुदिन थपिदै गएको छन् । जुनसुकै अपराधमा पनि अब प्रविधीसंग जोडिन थालिसकेको छ । यहि प्रविधीको दुरुपयोगबाट समाजमा साइबर अपराध पनि बढ्दो क्रममा रहेको छ। सामान्य व्यक्तिको हातमा समेत smartphone हरू देखिन थालेका छन् । आफुसंग भएको फोनको प्रयोग कहाँ कसरी गर्ने भनि थाहा नपाएका कारण पनि मानिसहरू अपराधको सिकार भएका छन् "Smartphone चलाउने मानिस पनि Smart हुन जरुरी छ, महंगो फोनले मात्र कसैको हैसियत देखाउँदैन" । 

कुनै गाऊँको गरिव किसानको छोरा आफ्नो र परिवारको रहर पुरा गर्न लाखौं खर्चेर विदेशिएको हुन्छ। बढो दुख सहेर कमाएको रकम सहि तरिकाबाट नपठाउँदा उल्टो कानुनी झमेला पर्ने गरेका छन्। हुण्डि मार्फत रकम पठाउँदा राज्यलाई कर तिर्न पनि नपर्ने, मुद्राको दर पनि बढि पाउने, छिटो रकम प्राप्त हुने लोभले अरुको लहलहैमा लाग्नाले पछि पछुताउनु परेको छ । हुण्डी कारोबारीहरुले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी सक्कली रकम आफुले राखि, अरुलाई लुटेको ठगेको वा बदनियतले कमाएको कालोधन बैंक खातामा जम्मा गरिदिएका हुन्छन्। खातामा रकम आएपछी हुण्डिवालालाई सक्कली रकम त दिईन्छ तर खातामा जम्मा रकमको सम्वन्धमा पिडितहरूको उजुरी परिसकेको हुन्छ र रकम जम्मा मात्र हुने झिक्न नमिल्ने गरि रोक्का भएको हुन्छ । समस्या पर्दा त्यो दुख गरेर कमाएको रकम काम पनि लाग्दैन उल्टै कानुनी झण्झटमा समेत परिन्छ । त्यसैले सहि तरिकाबाट रेमिट्यान्स मार्फत मात्र रकम पठाउनु पर्छ।

सामाजिक सञ्जालमा चिनजान भएका ब्यक्तिलाई हतार हतारमा विश्वास गरिहाल्नु हुँदैन, आफ्नो व्यक्तिगत विवरण कसैलाई पठाउनु पुर्व धेरै सोच्नु पर्छ । कसैलाई नागरिकता लाईसेन्स पठाउँदा वा सामाजिक संजालमा पोष्ट गर्नाले त्यसबाट फेक बैंक खाता, वालेट तथा सिमकार्ड समेत निकालि अपराधिक क्रियाकलापमा संलग्न भएको घटनाहरू हामी सामु प्रसस्तै छन् । चिट्ठा परेको, आफन्तको देहान्त भएकोले उसको नाममा भएको सम्पति बाढेँर खाने, कुनै साइटमा लगानी गर्दा बढी नाफा हुने, आईफोन, वाच, नेकलेस जस्ता बहुमूल्य सामान पठाएको भनि विभिन्न बरबहानामा रकम माग गरी ठगी गर्ने घटनाहरू दिनानुदिन बढ्दै गएको छ । 


जति जति Smart Technology Develop भएका छन्, त्यतिनै मानिसमा सहज तरिकाबाट दुख नगरी रकम कमाउने र छोटो समयमा धनि बन्ने सोचको कारण साईबर अपराध पनि बढ्दै गएको छ । सबैथोक सामाजिक सञ्जालमा नै छ । त्यसको कतिपयले सहि सदुपयोग गरेका छन् भने कतिले अरुको विश्वास र प्रलोभनमा परि घरबार समेत सकेका छन् । हालै सरकारले बैंक तथा वालेटहरूमा अन्तरदेशीय आर्थिक कारोबारको सहमति गरेको छ, यसले केही हदसम्म प्रयोगकर्तालाई त सहज होला तर अपराधिक क्रियाकलापमा बढोत्तरी हुने देखिन्छ । 

फेसबुकबाट सापटी माग्ने, Free Fire, PUBG जस्ता गेममा टपअप गरिदिने, Gift card, PayPal मा रकम जम्मा गरिदिने, फेसबुकबाट कोठा खोजिदिने, बैंकको फेक पेजबाट व्यक्तिगत विवरण माग्ने, सामानहरू विक्रीमा राखि रकम ठगी गर्ने, लिङ्क पठाई एकाउण्ट ह्याक गर्ने जस्ता घटनाहरु समाजमा भएका विद्युतिय माध्यमको प्रयोग गरी हुने ठगिका केहि उदाहरणहरु हुन्। यो वाहेक थुप्रै यस्ता घटनाहरू छन् । हालै मात्र FIFIIA नामक ग्रुप मार्फत विभिन्न scam link हरु Share गर्न, त्यसमा register गर्न लगाउने र नेपालकै विभिन्न बैंक खातामा रकम जम्मा गर्दा धेरै मुनाफा दिने भनि मोबाइल ह्याक गर्नुका साथै रकम ठगी गरेको घटना समेत देखिन थालेको छन । भोलि पिडित बनेर न्यायलयको ढोका ढक्ढकाउनु भन्दा समयमै सजक बन्नु नितान्त आवश्यक छ ।

Post a Comment

Previous Post Next Post