हाल अनुसन्धानमा प्रयोगमा रहेका केही Advance Camera
- Face detection क्यामेराहरूले व्यक्ती पहिचाहन गर्दछ कुनैपनि अपराधमा संलग्न व्यक्तिहरुको Photos, Video रेकर्डमा राख्छ र सो ब्यक्ति कुनै स्थान प्रवेश गर्न खोजेमा Alarm र Indicator मार्फत जानकारी दिन्छ ।
- Speed Detection ले सवारीसाधनको गति मापन गर्छ, कुन सवारी कति Speed मा आएको छ भन्ने रेकर्ड राख्छ यदि Speed Limit Cross गरेमा Alarm मार्फत जानकारी गराउँछ ।
- Number plate/Licence recognition ले सवारीसाधनको नम्बर प्लेटको रेकर्ड राख्ने र सो सवारी असम्बन्धित स्थानमा प्रवेश गरेमा alarm मार्फत जानकारी गराउँछ ।
- Dark Fighter क्यामेराले रातको समयमा तथा एकदमै अध्यारो स्थानमा समेत राम्रो फोटोहरु लिन सकिन्छ । विशेषत भिडभाड बढी हुने अध्यारो स्थानमा यसको जडान गरिन्छ ।
CCTV लाई यी मुख्य निम्न प्रयोजनको लागि प्रयोग गरिन्छ
१. अपराध नियन्त्रण तथा रोकथाम
व्यक्तिगत अथवा सार्वजनिक सम्पत्तीहरूलाई सुरक्षा गर्न, प्रत्यक्षरुपमा रेखदेख गर्न, भविष्यमा हुन सक्ने अपराधका जोखिमहरुलाई विश्लेषण गर्न सिसिटिभीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आफ्नो घर, पसल, office लाई कम लागतमा नै प्रत्यक्षरुपमा आफ्नै स्मार्ट फोन मार्फत एकैपटक निगरानी गर्न सकिन्छ । कतिपय अवस्थामा cctv camera देख्नेबित्तिकै अपराधिक मनसाय बोकेका व्यक्तिहरू डराउने र सो स्थानमा अपराधका घटनाहरु समेत कमी भएको छ । यसले गर्दा मानव सुरक्षा गार्डको महंगो र नियमित खर्चलाई कटौति गरि सहि समयमा अधिकतमा निगरानी प्रदान गरेर विश्वसनीयता र उत्तरदायित्व बढाउछ। कर्मचारीको अनावश्यक लापरवाही, सम्पतिको जथाभावी प्रयोग रोक्न सहयोग पुग्छ भने केहि गरि कर्मचारी माथी कुनै आक्षेप वा लाञ्छना लागेमा छानबिन गरि ब्यबस्थापन र कर्मचारी बिचको भरोषालाई कायम राखी सम्बन्धमा थप क्षति हुन दिदैन । सडकमा हुने सवारी चाप व्यवस्थापन, भिड नियन्त्रणका साथै अन्य गतिविधि समेत मूल्यांकन गरी जोखिम कम गर्न सकिन्छ ।
२. अपराध अनुसन्धानमा cctv को प्रयोग
cctv बाट प्रत्यक्षरुपमा निग्रानी गर्नुका साथै यसमा NVR/DVR/VMS जस्ता video recording system ले कुनै पनि समयमा भएको घटनाहरूको recording राख्ने व्यवस्थापन गर्ने कार्य गर्दछ । उक्त Recoded footage अपराध अनुसन्धानको लागि एउटा बलियो माध्यम बन्न पुग्दछ । हालसालै कपनमा भएको हत्याकाण्डमा हत्याराको पहिचाहन गर्न, कोटेश्वर जडीबुटी नजिकै भएको चारजनाको हत्यामा संलग्न व्यक्तिलाई पहिचाहन गर्न समेत सिसिटिभी फुटेजकै आधारमा अनुसन्धान गरिएको थियो । यी बाहेक दैनिक रुपमा सडकमा हुने सवारी दुर्घटनाहरूको छानबिन गर्न, विभिन्न ठाउँमा हुने चोरी, डकैती, लुटपात, कुटपिट, झैझगडा, जबर्जस्ती करणी, लागूऔषध कारोवार, मानव बेचबिखन, सार्वजनिक सम्पत्तिमा हानिनोक्सानीजस्ता अपराधमा संलग्न व्यक्तिहरू पहिचानको लागि cctv Footage नै एक विश्वसनिय आधार हुन्छ ।
३. अदालती प्रमाण तथा जोखिम मूल्यांकन
CCTV footage लाई अपराध अनुसन्धान पश्चात दषी प्रमाण रुपमा अदालतमा पेश गरिन्छ, जुन महत्वपूर्ण र विश्वसनीय प्रमाण हुन्छ । किनकि उक्त फुटेजमा व्यक्तिको पहिचाहनको साथै उसको सम्पुर्ण हर्कतहरु recording भएर बसेको हुन्छ। hard disk capacity अनुसार निश्चित समयको डाटाहरु सुरक्षित रुपमा रहेका हुन्छन् । यसका साथै अन्य कुनैपनि समयमा घटेको घटनाहरूको प्रत्यक्षरुपमा recording मार्फत हेर्न सकिने भएकाले भविष्यमा हुने त्यस्ता प्रकृतिका जोखिमहरुको मूल्यांकन तथा सो निराकरणको लागि योजना बनाउन सहज हुन्छ । डाटा पनि रहिरहने हुनाले पछि सम्म पनि निगरानी गर्न सकिन्छ ।
कतिपय ब्यक्ति वा संस्थाहरूले CCTV जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ (संशोधन सहित) लाई समेत वेवास्ता गरी जथाभावी CCTV राख्नाले कसैको व्यक्तिगत गोपनियता भंग गर्ने, Recorded Footage जहाँपायो त्यहीँ पोष्ट गर्ने जस्ता कार्यले गर्दा कतिपय अनुसन्धान नै प्रभावित भएको छ । सार्वजनिक स्थलमा जडान गरिएका क्यामेराहरूलाई समय समयमा रेखदेख र मर्मत संभार नगर्नाले झन सुरक्षामा चुनौती थपिएको छ । हालसालै प्रकाशित विभिन्न समाचारहरु पढ्दा, सुन्दा प्रत्येक नागरिकको घरघरमा, चोकचोकमा, पाटीपौवा, मन्दिर, मस्जिद लगायत सार्वजनिक स्थानहरुमा cctv camara पर्याप्त मात्रामा जडान गर्न सकिएमा धेरै हदसम्म अपराधलाई रोकथाम सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
