Telegram मार्फत हुने Online Job को नाममा Scam.......

 

हाम्रो मानव जीवनमा जति प्रबिधिको द्रुत्तर विकास भईरहेको छ, त्यती नै प्राविधिजन्य अपराध पनि बढ्दै गएको छ, जो सुकै लाई पनि मिहेनत बिना नै छिटो अरुभन्दा धनि हुने चहाना हुन्छ, त्यही चहाना पुरा गर्नको लागी Online मार्फत विभिन्न Job हरू खोज्न थाल्छन्, हाल तपाईले के खोजीरहनु भएको छ भन्ने कुरा सामाजिक सञ्जालको Server मा रहेको AI (Artificial Intelligent) ले थाह पाउँछ र तपाईले जुन कुरा सर्च गर्नुहुन्छ, त्यस्तै प्रकृतिको विज्ञापनहरू देखिन थाल्छ, तपाई जागिर खोजिरहनु भएको छ भने जस्तो सुकै जागिरहरू देखाउँछ, त्यसमा सहि र गलत छुट्याएर निर्णय लिने काम मानिसको हो, जसले जे भन्यो त्यो पत्याउदैँ जाँदा धेरै मानिसहरू घरवार बिहीन भएका छन्, अनावश्यक कानूनी झमेलामा परेका छन्, त्यस्तै एउटा उदाहरणको घटना मैले प्रत्यक्ष रुपमा सुन्न पाएँ.....


छिमेकमै बस्ने एकजना दिदी जसको घरमा सासु, ससुरा, ४ बर्षको छोरा बस्नु हुन्छ, उहाँको श्रीमान् बाहिर जिल्लामा Hydropower Project मा Engineer हुनुहुन्छ, दिदीले पहिला Fancy पसल सञ्चालन गर्नुहुन्थ्यो, अर्थिक मन्दीको कारण पसल चलेन र घाटा खाएर भएपनि बेच्नु भयो, हाल दिनभर त्यतिकै बस्न परेको कारण Online मार्फत केही काम गरेर पैसा कमाउन सकिन्छ की भन्ने उहाँको मनमा लाग्यो र उहाँले फेसबुक चलाउँदै जाने क्रममा एउटा विज्ञापन देख्नुभयो, जहाँ लेखिएको थियो “के तपाई घरमानै बसीबसी अनलाइन मार्फत काम गरेर धेरै रकम कमाउन चाहानुहुन्छ? जसमा लेखिएको थियो जति बढी टाक्स पुरा भयो त्यतिनै बढी बोनस पाउन सकिने.....


१ ओटा  टास्क पूरा गर्नुभयो भने रु ५००

२ ओटा  टास्क पूरा गर्नुभयो भने रु १०००

३ ओटा  टास्क पूरा गर्नुभयो भने रु १५००


त्यो बिज्ञापनको तल Apply भन्ने Bottom देखाएको थियो दिदीलाई कौतुहल भयो र त्यहाँ Click गर्ने बित्तिकै उहाँ Telegram मा को ग्रुपमा Join हुनुभयो, त्यसपछि Ed भन्ने व्यक्तिसँग टेलिग्राममा कुराकानी हुन थाल्यो, पहिला उसले आफु Shopee Data Center को Manager भएको बतायो र यदि तपाई काम गर्न ईच्छुक हुनुहुन्छ भने तपाईले काम गर्नुपूर्ब Name, Age, Occupation, City of residence, Work Number, have you done this job before? लगायतका विवरणहरू भर्न पर्ने र कामको Rules हरू समेत पठायो, पहिले हजुरको एउटा एकाउण्ट खोल्न पर्छ अनि मात्र Online मा काम गर्न सकिन्छ भन्यो र त्यसको लागि उसले एउटा लिङ्क पठायो त्यहाँ आफ्नो मोबाईल नम्बर र पासवर्ड राखेर दिदीले एउटा एकाउण्ट खोल्नु भयो, त्यसपछी Shopee को एउटा साईटमा पुर्‍यायो, त्यहाँ कामको बारेमा जानकारीका साथै आफुसंग भएको मौज्दात रकम Withdraw गर्ने बटमहरू पनि राखेको रहेछ, दिदीलाई काम गरेर छिटो पैसा कमाउनु थियो त्यसैले उहाँले कसरी काम गर्ने ? भनि Ed लाई सोध्नुभयो उसले तपाईले यो QR मा एक हजार रुपैयाँ पठाइदिनु Task पुरा गरेपछी तपाईलाई बोनस सहित रु २,००० आउँछ भन्यो, अनि दिदीले उसले पठाएको QR मा रु १,००० पठाईदिनु भयो र सो पठाएको रकम Shopee को एकाउन्टमा देखियो । उसले म्यासेज गर्‍यो “तपाईंको Task Active भइसक्यो अब काम गर्न सक्नुहुन्छ” उसले त्यो साइट भित्र आएको अर्डरलाई confirm गर्नु भन्यो, उसले भने अनुसार टाक्सहरु पूरा गर्दै जानुभयो, दुईवटा अर्डर पुरा गरेपछि “तपाईंले 100% बोनस प्राप्त गर्नुभयो तपाईंलाई बधाई छ, अब तपाईँले त्यो रकम निकाल्न सक्नुहुन्छ” भनेर म्यासेज गर्‍यो, दिदीले Withdraw Bottom मा थिचेर आफ्नो बैंक खाता QR पठाएपछी सो रकम Successfully Transfer भन्यो, त्यसको केही समय पछी उहाँको बैंक खातामा १,९५० जम्मा भएको म्यासेज आयो, “तपाईको खातामा जम्मा भएको बोनसमध्ये केही पर्सेन्ट ट्याक्स काटी बाँकी रहेको रकम जम्मा भएको छ, चेक गर्न सक्नुहुन्छ भन्यो” ।
    

त्यसपछि दिदीलाई विश्वास लाग्यो, अहो ! घरमै बसीबसी एक हजार लगानी गर्दा १,९५० आउँछ भने म किन यो काम नगर्ने? भन्ने लाग्यो त्यसपछि त्यहाँ विभिन्न Rule हरु थियो त्यहाँ ७ ओटा टाक्स पूरा गर्यो भने २०%, ८ ओटा पूरा गर्यो भने २५%, १० ओटा पूरा गर्यो भने २८% बोनस प्राप्त गर्नुहुन्छ, एउटा टाक्समा २००० देखि १५०० वटा सम्म अर्डरहरू आउन सक्छ भन्यो, मैले Task गर्न खोज्दा “Your account balance is not enough, there is a gap of 2000” को Massage देखायो, अनि दिदीले Ed लाई अझ काम कसरी गर्ने? भनि सोध्नु भयो, उसले दिएको QR मा Due Balance जम्मा गरेपछी, Active भयो र उसले भने बमोजिमको बैंक खाताहरूमा रकम जम्मा गर्दै दिएको Task गर्दै जानुभयो, उहाँको Shopee खातामा पनि रकम बढ्दै गयो, Task पुरा गर्दै जाने क्रममा उहाँले सुरुमा २००० हाल्नुभयो र दुईवटा टास्क पूरा गर्ने बित्तिकै Insufficient balance भनेर देखाइहाल्यो, पटक-पटक रकम जम्मा गर्दै काम गर्दै जानुभयो, एउटा task confirm गर्ने बित्तिकै अर्को आईहाल्थ्यो, उहाँले सातवटा task पूरा गर्ने बेलासम्ममा पाँच लाख रुपैयाँ गइसकेको थियो र अन्तिम टास्कमा पुगेपछि महँगो-महँगो अर्डर आउन थाल्यो, ५०/६० हजार भन्दा माथिको अर्डर आयो, रकम कमाउने आशाले काम गर्दै जानुभयो, त्यत्रो लगानी गरेपछी दिदिलाई डर पलाएको थियो, कतै यती धेरै दुख गरेर कमाएको रकम फस्ने त होईन? उहाँले सोध्नुभयो “यती महँगो महँगो अर्डर आएको छ, मेरो Screen मा देखिएको रकम त फिर्ता आउँछ नि?” उसले जवाफ दियो “तपाईँ त लक्की मान्छे जति बढी महँगो Order आउँछ त्यति नै बढी बोनस पाउन सक्नुहुन्छ” भनी विश्वास दिलायो दिदीसंग पसल बेचेको पैसा सकियो, अनि आफ्नो बिहेको सम्पूर्ण गरगहना बेचेर ४ लाख र बिदेशमा रहेको दाई संग २ लाख सापटी लिई अन्तिम ६ लाखको Task कम्प्लिट गरी एकमुष्ट रकम निकाल्ने र श्रीमान् लाई पनि Surprise दिने मनासायका साथ Task पुरा गर्नुभयो, यती बेला सम्म उहाँको १७ लाख ३५ हजार लगानी भईसकेको थियो, उहाँको Screen मा २९,७८,३२५ ब्यालेन्स देखायो । दिदीले उसलाई सोध्नुभयो “म त्यो जम्मा भएको रकम निकाल्न चाहान्छु” उसले त्यो रकम निकाल्नको लागि पुनः २५% एक्स्ट्रा ट्याक्स दिनुपर्छ अनि मात्र सो रकम निकाल्न सकिन्छ भन्यो, २०% तिर्दा लगभग ७,४५,०००/- हुन आउँछ, अनि उहाँलाई डर लाग्यो, कतै म ठगीको शिकार त भईन? आजसम्म मैले यो कुरा आफ्नो श्रीमान् लाई समेत भनेको थिईन, अब त भन्नै पर्छ भन्ने लाग्यो र श्रीमान् लाई सबै कुरा भन्नु भयो, श्रीमानले त्यो कुरा थाह पाउने वित्तिकै काठमाण्डौं आउनुभयो, उहाँको साथी पनि यस्तै किसिमको Scam मा परेको रहेछ, दिदीले गरेको काम नेपालमा गैरकानूनी भएको र त्यस कार्य गर्ने/गराउने दुबैलाई कानूनी कारबाही हुने भन्ने जानकारी सहित नेपाल राष्ट्र बैंकले गरेको परिपत्र उहाँको श्रीमानले देखाउनुभयो......... धेरैजना Scam को सिकार भएको र सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको भन्ने जानकारी भएपश्चात उहाँहरू प्रहरी  कार्यालयमा गई उजुरी दिनुभयो.......

यो एउटा कसैको जिवनमा घटेको वास्तविक घटना हो, पात्रहरू काल्पनिक भएता पनि यस किसिमको घटना पटक-पटक देहोरीरहेको कारण यसबाट केही सजक हुन सकिन्छ की भन्ने आशयका साथ यो घटना लेखेको छु । आवश्यकता भन्दा बढी आत्मविश्वास, कसैसँग सल्लाह नलिने कारणले र छोटो समयमा छिटो धनी बन्ने सपना को कारण मानिसहरू ठगीमा परेका छन् । यस किसिमको घटनाले विशेषगरी महिलाहरूलाई घरपरिवारबाट तिरस्कार गर्ने, घरमा झगडा हुने र मानसिक रोगको सिकार समेत भएको छन् ।

हामीहरू प्रविधिको जती नजिक हुन्छौ, त्यती नै सजक हुन जरुरी छ, जस जसको खातामा दिदीले पैसा पठाउनु भयो त्यो खातावालाहरू पनि एउटा सामान्य रकमको प्रलोभनमा परेर खाताको प्रयोग गर्न दिएको अथवा त्यस्ता Scammer हरूले एउटा खाताको रकम अर्कोमा Transfer गर्ने Tax दिएको देखिन्छ, कतिपय खातावाललाई त आफ्नो खातामा के भई रहेको भन्ने जानकारी समेत हुँदैन । नेपाल प्रहरीको साइबर ब्यूरोमा मात्रै यस्तै प्रकृतिका Online Task सम्बन्धी ४०० ओटा भन्दा बढी निबेदन बाट झण्डै साढे बाह्र करोड बराबरको  रकम ठगी भएको देखिएको छ, यस्ता अपराधहरु प्राय बिदेशमा  बसेर नेपाललाई ठगी गर्ने सो रकमलाई, हुण्डीको रकममा जम्मा गरिदिने, नेपालमा गैरकानूनी रहेको Binance, Crypto Currency, Forex trade मार्फत विभिन्न स्थानमा पठाउने कार्य गरिरहेका हुन्छन् । हामीले गरेको काम सही र गलत छुट्याउन सक्ने खुबी आफै भित्र हुन्छ, गाउँघरमा एउटा उखान छ नि “अरु घोडा चढ्यो भनेर आफू धुरी कहिल्यै नचढौँ” एउटा कुरा बुझौं,

  • मिहेनत नगरी पैसा कमाउन सकिन्न,
  • चिठ्ठाको फारम नै नभरी चिठ्ठा पर्दैन,
  • कलियुगमा त्यतिकै चिन्दैनचिनेको मान्छेले उपहार पठाउँदैन,
  • तपाईको थर मिल्दैमा शेष पछिको हकदार बन्न सक्नुहुन्न,
  • सजिलै तपाईको पैसा डबल हुँदैन ,
  • दर्ता नभएको संस्था वा Online मा बिक्रिमा राखेको सामान किन्दा सकभर Cash on Delivery गरौं ,
  • राज्यको नागरीक भएपछि कानून थाह भएन भनेर मुक्ति पाइदैन, पहिल्यै अध्ययन गरेर वा सल्लाह सुझाव लिएर मात्र काम गरौ ,
  • साइबर दुनियाँमा Smart Phone बोक्ने मान्छे धेरै चनाखो हुन आवश्यक छ ।

Post a Comment

Previous Post Next Post